३ मंसिर २०८३, बुधबार
भारतका माननीय प्रधानन्यायाधीश भूषण गवई नेपाल भ्रमणमा
काठमाडौं – भारतका माननीय प्रधानन्यायाधीश भूषण रामकृष्ण गवई, नेपालका माननीय प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको निमन्त्रणामा ४ देखि ७ सेप्टेम्बर २०२५ सम्म नेपालको औपचारिक भ्रमणमा आउनु भएको छ । 
आफ्नो भ्रमणको क्रममा, माननीय प्रधानन्यायाधीशले हालैका न्यायशास्त्र र न्यायिक क्षेत्र सुधारहरूमा केन्द्रित रहेर न्यायपालिकाको विकासशील भूमिकामा ‘भारत-नेपाल न्यायिक संवाद’ मा नेपाली न्यायिक तथा कानुनी समुदायका सदस्यहरूलाई सम्बोधन गर्नु भएको छ ।
अप्रिल २०२५ मा, भारतको सर्वोच्च अदालत र नेपालको सर्वोच्च अदालतले नेपाल र भारतले बीच न्यायिक सहयोगलाई सुदृढ पार्न एक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए। दुई सर्वोच्च अदालतहरू बीच स्थापित संयुक्त कार्यदलको पहिलो बैठक पनि माननीय प्रधानन्यायाधीशको भ्रमणको क्रममा भएको थियो ।
Subscribe
Login
0 Comments


