भारतको अपराजित यात्रा जारी , साउथ अफ्रिका २४३ रनले पराजित
बिकास खडका – बिश्व कप क्रीकेटमा आज भारतले साउथ अफ्रिकालाई पराजित गरेको छ । कोलकाताको इडेन गार्डेनमा भएको खेलमा अफ्रिकी टोलीलाई ३२७ रनको लक्ष्य दिइएको थियो । जवाफमा पूरै टोली २७.१ ओभरमा ८३ रनमा सिमित भयो । अफ्रिकी टोलीका कुनै पनि ब्याट्सम्यानले २० रनको अंक छुन सकेनन् । भारतका लागि रविन्द्र जडेजाले ५ विकेट लिए । मोहम्मद शामी र कुलदीप यादवले २–२ विकेट लिए ।
खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतीय टोलीले ५ विकेट गुमाएर ३२६ रन बनाएको थियो । विराट कोहलीले आफ्नो ४९ औं एकदिवसीय शतक प्रहार गर्दै अविजित १०१ रन बनाए । जबकि श्रेयस अय्यरले ७७ रनको इनिङ खेले । दक्षिण अफ्रिकाका लागि लुंगी एनगिडी, मार्को जान्सेन, कागिसो रबाडा, केशव महाराज र तबरेज शम्सीले १–१ विकेट लिए । यो सङै भारतिय टिम सम्पूर्ण म्याच जित्तै पहिलो स्थान बनेको छ ।
विश्वकप क्रिकेटमा भारत र दक्षिण अफ्रिकाबीच हालसम्म ६ वटा खेल भएका छन् । यस अवधिमा दक्षिण अफ्रिका र भारतले ३–३ खेल जितेका छन् ।



