भारतको कोरोना खोप अभियान , बिश्वमै प्रसंशा
नयाँ दिल्ली । भारतका केन्द्रिय गृह मन्त्री अमित शाहले कोरोनारोधी खोप अभियानको एक वर्ष पूरा हुँदा प्रधानमन्त्री नरेन्द्र मोदीको निरन्तर प्रयासहरूको सराहना गर्दै कसरी सरकार र जनताले मिलेर असम्भव चुनौतीहरूमाथि विजय प्राप्त गर्नसक्छ भनेर भनेरले विश्व सामू एक उदाहरण पेश गरेको बताएका छन्।
शाहले यस प्रयासको निम्ति वैज्ञानिकहरू, स्वास्थ्य कर्मीरू, कोविड योद्धाहरू र देशका जनतालाई पनि बधाई दिए। केन्द्रिय गृह मन्त्री अमित शाहले ट्वीट गरे, ‘प्रधानमन्त्री मोदीको कुशल नेतृत्व, दृढ़ संकल्प र निरन्तर प्रयासहरूले यदि सरकार र नागरिक देशहितमा एकजुट भएर एक साझा लक्ष्य तर गरे देशले हरेक चुनैतीमाथि विजय पाएर असम्भवलाई पनि सम्भव बनाउनसक्छ भनेर भारतले विश्वमा एक आदर्श स्थापित गरेको छ’।
उनले एक अन्य ट्वीटमा भने, ‘प्रधानमन्त्री मोदीको बलियो र प्रेरक नेतृत्वमा कोरोना विरूद्ध लड़ाईमा विश्वको सबैभन्दा ठूलो निःशुल्क टीकाकरण अभियानको सफलतम 1 वर्ष पूरा हुँदा देशका प्रतिभावान वैज्ञानिकहरू, स्वास्थ्य कर्मीहरू, सबै कोरोना योद्धाहरू र देशवासीहरूलाई बधाई दिँदछु’। उल्लेख्य छ की कोरोना विरूद्ध लड़ाईमा प्रभावी खोप अभियानलाई गत साल 16 जनवरीमा शुरू गरिएको थियो।
यसमा स्वास्थ्यकर्मीहरूपछि फ्रन्टलाइन वर्कर्सलाई प्राथमिकता दिइयो। 01 मार्चदेखि 60 वर्षभन्दा अधिक र फेरि 01 अप्रेलदेखि 45 वर्षभन्दा अधिक आयुका नागरिकहरूको खोप शुरू भयो। 01 मईदेखि 18 वर्षभन्दा धेरै आयुका युवाहरूको खोप शुरू भयो। सरकारले यस सालको शुरूआतमा 03 जनवरीदेखि किशोरहरू (15-18) को निम्ति खोप शुरू गऱ्यो।
10 जनवरीदेखि खोपको सतर्कता डोज पनि दिइँदैछ। देशमा अहिलेसम्म 156.76 करोड़ खोप लगाइएको छ।


