१३ आश्विन २०८३, मंगलवार

भारतद्वारा क्वान्टम सिम्युलेटर क्युसिम बजारमा ल्याउदा वैज्ञानिक र व्यवसायीलाई सहजीकरण

एसीपी संवाददाता

५ पुष २०७८, सोमबार ०३:१९ मा प्रकाशित

०५ गते पौष २०७८ ।  आगामी दिनमा क्वान्टम कम्प्युटरले संसार र हाम्रो जीवनलाई बदल्नसक्छ ।

यसलाई महत्व दिँदै यसको विकासका लागि अघिल्लो वर्ष भारत सरकारले ८ हजार करोड बजेट निर्णय गरेको थियो । त्यसपछि यो वर्ष अगस्ट महिनाको अन्तिममा भारतले क्वान्टम सिम्युलेटर क्युसिम बजारमा ल्यायो जसबाट वैज्ञानिक र व्यवसायीलाई सजिलो भयो ।

भारत बाहेक अन्य देशले पनि भविष्यमा नयाँ दिशा दिने यो उपकरणमा लगानी गरिरहेका छन् । अमेरिकी सरकारले २०१८ मा नेश्नल क्वान्टम इनिसिएटिभ कानुन बनायो र यसको लागि १ अर्ब २० करोड डलरको व्यवस्था गर्‍यो ।

चीनको कम्युनिष्ट पार्टीले २०१६ मा १३औं पञ्वर्षीय योजनामा क्वान्टम सञ्चारलाई रणनीतिक रूपमा महत्वपूर्ण उद्योगहरूलाई समावेश गरिएको छ ।

बेलायतले २०१३ मा यसको लागि राष्ट्रिय रणनीति बनायो । २०१६ मा क्यानडाले यो उपकरणमा ५ करोड क्यानेडियन डलर लगानीको घोषण गर्‍यो । यो बाहेक जर्मनी, फ्रान्स, दक्षिण कोरिया, रुस, जापान र गुगल, अमेजन, माइक्रोसफ्ट जस्ता कम्पनीहरू पनि यो उपकरणमा लगानी गरिरहेका छन् ।

निश्चित नभएको विज्ञान
क्वान्टम कम्प्युटरको चर्चा २०औं शताब्दीको सुरुवातदेखि भएको थियो । यो त्यहि समय हो, जब अल्वर्ट आइन्ट्यान्टले संसारलाई ‘थेउरी अफ रिलेटिविटी’को ज्ञान दिएका थिए ।

क्यानाडाको विल्फ्रेड लोरियल विश्वविद्यालयमा भौतिक शास्त्र र कम्प्युटर विज्ञानकी प्रोफेसर डाक्टर सोहिनी घोषले भौतिक विज्ञानको सिद्धान्त निश्चित नगरिएको बताइन् ।

‘यो अनिश्चित पदार्थको सबैभन्दा सानो कणको अणुको व्यवहारमा हुन्छ,’ उनी भन्छिन्, ‘क्वान्टम मेकानिक्स यो सानो अणुको व्यवहारको अध्यन हो, जुन भौतिक विज्ञानको एउटा परिधिमा रहेर असम्भव छ ।’

डा. घोषले क्वान्टम कम्प्युटरको परियोजनामा काम गर्दा आफूलाई आनन्द लागिरहेको बताउँदै यसको अवधारणाले आफूलाई क्रान्तिकारी बनाएको दाबी गरिन् । अहिले भइरहेको प्रक्रियाले भौतिक विज्ञानभन्दा फरक सिद्धान्तबाट काम गर्ने उहाँको धारणा छ ।

‘क्वान्टम संसारको अनिश्चितता को प्रकृति हो,’ उनी भन्छिन्, ‘जुन यस्ता प्रकारको मेसिन बनाउन चाहाने बुझ्न जरुरी छ ।’

किन विशेष क्वान्टम कम्प्युटर ?
एक प्रविधि विश्वविद्यालयमा पढाइरहनुभएका प्रोफेसर स्टीफनी वेनर साधारण कम्प्युटरभन्दा क्वान्टम कम्प्युटरले तेज काम गर्ने बताउँछन् ।

सधारण कम्प्युटरले एक वा शून्यमा काम गर्छ भने क्वान्टमले दुवै माध्यमबाट काम गर्ने उनको भनाइ छ । आफू कुनै दोधारमा परेको अवस्थामा साधारण कम्प्युटरले भन्दा यसले धेरै छिटो काम गर्ने उनको दाबी छ ।

‘क्वान्टम कम्प्युटरले साधारण कम्प्युटरले गर्ने सबै काम गर्छ,’ उनी भन्छन्, ‘क्वान्टम कम्प्युटरले केही घण्टामा गर्ने काम साधारण कम्प्युटरलाई एक जुनी भन्दा पनि धेरै समय लाग्छ ।’

क्वान्टम कम्प्युटरले कम्प्युटरको इतिहासमा नयाँ क्रान्ति ल्याउने उनको विश्वास छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x