२९ माघ २०८२, बुधबार

भारतले करिब १२ अर्ब ८० करोड अनुदान दिने

एसीपी संवाददाता

२० माघ २०८२, सोमबार ०८:०३ मा प्रकाशित

भारत सरकारले आगामी आर्थिक वर्षमा नेपाललाई ७ सय करोड भारतीय रुपैयाँ बराबरको अनुदान प्रदान गर्ने घोषणा गरेको छ। यो रकम नेपाली रुपैयाँमा रूपान्तरण गर्दा करिब १२ अर्ब ८० करोड रुपैयाँ बराबर हुन्छ। भारतको आर्थिक वर्ष २०२६/०२७ का लागि आइतबार भारतीय संसद्मा प्रस्तुत गरिएको वार्षिक बजेटमा नेपाललाई उक्त अनुदान उपलब्ध गराउने व्यवस्था समेटिएको हो।

भारतीय अर्थमन्त्री निर्मला सीतारमणले संसद्मा बजेट प्रस्तुत गर्दै छिमेकी मुलुकहरूसँगको सहकार्य र विकास साझेदारीलाई निरन्तरता दिने नीति अन्तर्गत नेपाललाई अनुदान प्रदान गरिने उल्लेख गरेकी हुन्। बजेट विवरणअनुसार भारतले दक्षिण एशियाली मुलुकहरूमध्ये नेपाललाई पनि प्राथमिकतामा राख्दै आर्थिक सहयोग जारी राख्ने जनाएको छ।

चालु आर्थिक वर्षमा भारतले नेपाललाई ७ सय ३० करोड भारतीय रुपैयाँ उपलब्ध गराउने संशोधित अनुमान गरिएको छ। आगामी वर्षका लागि भने सो रकम केही घटाएर ७ सय करोड रुपैयाँ कायम गरिएको भए पनि सहयोग निरन्तर रहने संकेत गरिएको छ। यस अनुदानलाई नेपाल–भारत विकास साझेदारीको महत्त्वपूर्ण अंशका रूपमा लिइएको छ।

छिमेकी मुलुकहरूमध्ये भारतले सबैभन्दा बढी अनुदान भुटानलाई प्रदान गर्ने घोषणा गरेको छ। बजेटअनुसार भुटानलाई २ हजार २ सय ८८ करोड भारतीय रुपैयाँ अनुदान दिने व्यवस्था गरिएको छ। भारतले पाकिस्तानबाहेक सबै दक्षिण एशियाली मुलुकलाई विभिन्न शीर्षकमा अनुदान तथा आर्थिक सहयोग प्रदान गर्दै आएको छ।

नेपाललाई दिइने भारतीय अनुदान पूर्वाधार विकास, सामाजिक क्षेत्र, सीमा क्षेत्रका परियोजना तथा विकास सहकार्यमा खर्च हुने अपेक्षा गरिएको छ। भारतीय बजेटमा समेटिएको यस निर्णयलाई नेपाल–भारत द्विपक्षीय सम्बन्ध थप सुदृढ गर्ने कदमका रूपमा विश्लेषकहरूले लिएका छन्। हिमालपत्रीका

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x