३० आश्विन २०८३, शुक्रबार

भारतसँग ऊर्जा व्यापार सम्झौता भएका मुलुकबाट विद्युत् आयात र त्यस्ता देशमा निर्यात गर्न पाउने प्रावधान

एसीपी संवाददाता

१६ फाल्गुन २०७७, आईतवार ०२:४० मा प्रकाशित

कार्यविधिअनुसार भारतीय कम्पनीमार्फत भारतीय बजार र बंगलादेशसँग पनि विद्युत् व्यापारका लागि बाटो खुला भएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको टिप्पणी छ ।

‘हामी आफैं गएर बंगलादेशलाई विद्युत् बिक्री गर्न नपाए पनि भारतीय कम्पनीमार्फत बंगलादेशलाई अप्रत्यक्ष रूपमा विद्युत् बिक्रीका लागि बाटो खुला भएको छ,’ उनले भने, ‘भारतमा विद्युत् बिक्रीका लागि भारतीय कम्पनी एनभीभीएनसँग हामीले सैद्धान्तिक सहमति गरिसकेको विद्युत् व्यापारको प्रक्रिया चाँडै सुरु गर्न सक्छौं भन्ने लागेको छ ।’

भारतले तयार पारेको निर्देशिकामा भारतीय कम्पनीले भारतसँग ऊर्जा व्यापार सम्झौता भएका मुलुकबाट विद्युत् आयात र त्यस्ता देशमा निर्यात गर्न पाउने प्रावधान राखिएको छ । यस्तै भारतसँग ऊर्जा व्यापार सम्झौता भएका मुलुकमा उत्पादित विद्युत् भारतको इनर्जी एक्सचेन्ज बजारमा बिक्री पनि भारतीय कम्पनीमार्फत नै गर्नुपर्ने प्रावधान कार्यविधिमा छ । आगामी जेठदेखि २५ मेगावाट विद्युत् चौबीसै घण्टा बढी हुने प्राधिकरणको प्रक्षेपण छ । माथिल्लो तामाकोसी निर्माण भएपछि पिक आवरबाहेकको समयमा ५ सय मेगावाटसम्म विद्युत् निर्यात गर्न सक्ने प्राधिकरणले विश्लेषण गरेको शाक्यले जानकारी दिए । बंगलादेशले नेपालबाट विद्युत् खरिदका लागि इच्छा देखाएको भए पनि विद्युत् लैजान भारतीय भूमि प्रयोग गर्नुपर्ने भएकाले बिक्रीको मोडालिटी टुंगिएको थिएन ।

प्रचण्ड-नेपाललाई भाउँ दिएन काँग्रेसले अब मधेशवादीदलको आशामा

नेपालले बंगलादेशलाई सोझै विद्युत् बिक्री गर्न दिन भारतले सहजीकरण गर्नुपर्ने माग राख्दै आए पनि कार्यविधिमार्फत भारतले आफ्नो कम्पनीका माध्यमबाट मात्रै बिक्री गर्न मिल्ने खालको प्रावधान राखेको हो । भारतले कार्यविधि जारी नगर्दा प्राधिकरणले योजना बनाएअनुसार भारतको इनर्जी एक्सचेन्ज बजारमा विद्युत् निर्यात गर्न पाएको छैन । नेपालमा बढी भएको विद्युत् भारतको डे अहेड मार्केटमा बिक्री गर्न प्राधिकरण र भारतीय सरकारी स्वामित्वको कम्पनी एनभीभीएनबीच समझदारी भइसकेको छ । प्राधिकरणलाई भारतमा विद्युत् बिक्रीका लागि सरकारले पनि प्राधिकरणलाई स्वीकृति दिइसकेको छ ।

सन् २०१८ मा भारतले तयार पारेको अन्तरदेशीय विद्युत् व्यापार निर्देशिकाको आधारमा भारतको केन्द्रीय विद्युत् प्राधिकरणले कार्यविधि जारी गरेको हो । कार्यविधिमा भारतले ऊर्जा व्यापार सम्झौता गरेका देशले भारतीय निकायमार्फत भारतमा विद्युत् निर्यात गर्न पाउने व्यवस्था राखिएको छ । कार्यविधिमा भारतको छिमेकी मुलुक भए पनि भारतले विद्युत् ऊर्जा व्यापार सम्झौता गरेका मुलुकबाट मात्रै विद्युत् निर्यात गर्न पाइने व्यवस्था पनि छ । ‘भारत सरकारले विद्युत् आयातका लागि तोकेको कम्पनीले छिमेकी मुलुकका परियोजनाबाट विद्युत् आयात गर्न सक्नेछन् भने निर्यात गरिएको विद्युत्का लागि विद्युत् वितरण गर्ने कम्पनीसँग खरिदबिक्री सम्झौता गर्न सक्नेछन्,’ कार्यविधिमा भनिएको छ, ‘वा भारतीय निकायले छिमेकी देशमा अवस्थित आयोजनाबाट वा सरकारी कम्पनीमार्फत वा उक्त देशको अनुमति पत्र प्राप्त निकायबाट प्रत्यक्ष रूपमा विद्युत् आयात गर्न पाउनेछन् ।’

तर विद्युत् उत्पादन गर्ने आयोजनाको स्वामित्व भारतसँग सीमा जोडिएको तर ऊर्जा व्यापार सम्झौता नभएका मुलुकका नागरिक वा संस्थासँग छ भने त्यस्ता आयोजनाबाट भारतीय निकायले विद्युत् खरिद गर्न नपाउने व्यवस्था कार्यविधिमा छ । चिनियाँ कम्पनीले बनाएको आयोजनाबाट विद्युत् निर्यात नगर्ने संकेत दिन कार्यविधिमा यो प्रावधान राखिएको हुन सक्ने ऊर्जा क्षेत्रका जानकारहरू बताउँछन् । ‘तर यो प्रावधान नेपालको विद्युत् भारत निर्यातका लागि कुनै बाधक हुँदैन,’ ऊर्जा मन्त्रालयका एक अधिकारी भन्छन् । छिमेकी मुलुकका आयोजनाबाट भारतीय निकायले सोझै विद्युत् आयात गर्दा सम्बन्धित देशबाट निर्यातको स्वीकृति लिनुपर्ने प्रावधान कार्यविधिमा छ ।

कार्यविधिमा भारतीय निकायले छिमेकी मुलुकमा विद्युत् निर्यात गर्न अनुमति पाउने प्रक्रियाबारे पनि उल्लेख गरिएको छ । ‘भारतको उत्पादन, वितरण कम्पनीले छिमेकी देशमा जलविद्युत्, ग्यास, कोलबाट उत्पादित विद्युत् अनुमति प्राप्त निकायबाट स्वीकृतिपछि प्रत्यक्ष वा व्यापार अनुमतिका आधारमा बिक्री गर्न सक्छन्,’ कार्यविधिमा भनिएको छ । निर्यात गर्दा जुन देशमा निर्यात गर्ने हो, सोही देशसँग विद्युत् खरिदबिक्री सम्झौता वा आशयपत्र बुझाउनुपर्ने प्रावधान पनि कार्यविधिमा राखिएको छ ।साभार ईकान्तिपुरबाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x