३१ जेष्ठ २०८१, बिहीबार

भारत–पाकिस्तान म्याचमा वर्षा बाधक, आज नतिजा सम्भव नभए भोलि कहाँबाट सुरु हुन्छ खेल ?

एसीपी संवाददाता

२४ भाद्र २०८०, आईतवार २१:५७ मा प्रकाशित

काठमाडाै‌ । एसिया कपको सुपर ४ अन्तरगत भारत र पाकिस्तानबीचको म्याच वर्षाले अवरुद्ध बनिरहेको छ । यदि आज थप खेल सम्भव नभए भोलि अहिलेकै अवस्थाबाट भारतले खेल्न सुरु गर्ने छ ।

वर्षा सुरु हुनुअघि भारतले विष्फोटक ब्याटिङ गर्दै २४.१ ओभरमा १४७ रन बनाइसकेको छ । ६ भन्दा माथिको रनरेटमा दौडिरहेको भारत विशाल स्कोरतर्फ अग्रसर छ । हातमा ८ विकेट बाँकी छन् ।

अहिलेसम्म वर्षाको अवस्थाले आज नतिजा आउला भन्न सकिने अवस्था छैन । खेलमा नतिजा आउनका लागि पकिस्तानले कम्तिमा २० ओभर ब्याटिङ गर्न पाउनुपर्छ । यदि भारतले थप ब्याटिङ गर्न पाएन र पाकिस्तानलाई सिधै जवाफी ब्याटिङका लागि बोलाइयो भने उसले २० ओभरमा १८१ रनको टार्गेट पाउने छ ।

यदि अहिलेकै अवस्थाबाट खेल अगाडि बढ्न सकेन भने भोलि फेरि यही बिन्दूबाट सुचारु हुन्छ । अर्थात् भारतले १४७/२ बाट खेल्न सुरु गर्छ । यस्तोमा दुवै टिमले पुरा ५० ओभर ब्याटिङ गर्न पाउनेछन् । तर, भोलि पनि वर्षा भएमा डीएल मेथडबाट नतिजा घोषणा हुनेछ ।

अहिलेसम्म भारत बलियो स्थितिमा छ । ओपनर रोहित शर्मा र शुभमान गीलले आक्रामक सुरुवात दिलाए । त्यसपछि दुवै ओपनरलाई पेभिलियन फर्काएर पाकिस्तानले खेलमा कमब्याक गरेको छ । पाकिस्तानले टस जितेर भारतलाई पहिलो ब्याटिङमा बोलाएको हो । कोलम्बोको पिच ब्याटिङका लागि अनुकुल देखिएको छ ।

वर्षाका कारण भारत र पाकिस्तानबीचको खेल अब रिजर्भ डेमा सारिएको छ ।  भारतीय इनिङ्स अब सेप्टेम्बर ११ (सोमबार) मा फेरि अघि बढ्नेछ।  आज भारतले २४.१ ओभर ब्याटिङ गरेको थियो ।  अब भोलि (सेप्टेम्बर ११) बाट भारतले ब्याटिङ सुरु गर्नेछ ।  रिजर्व डेमा भारतले आफ्नो पारी दुई विकेटमा १४७ रनभन्दा माथि विस्तार गर्नेछ।  खेल भारतीय समय अनुसार दिउँसो ३ बजे सुरु हुनेछ ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x