८ कार्तिक २०८१, बिहीबार

भारत पुग्यो सेमिफाइनलमा अस्ट्रेलिया बाहिर जाने खतरा

एसीपी संवाददाता

१२ असार २०८१, मंगलवार ०८:३४ मा प्रकाशित

अमेरिका – अमेरिका जारी रहेको बिश्व कपमा भारतले आइसीसी टी–२० विश्वकपमा जित हासिल गर्दै सेमिफाइनल  प्रवेश भएको छ । सोमबार राति भएको खेलमा ‘सुपर ८’काे खेलमा अस्ट्रेलियालाई २४ रनले हराउँदै भारत सेमिफाइनलमा प्रवेश गर्दै सेमिफाइनल खेल्ने भएको छ । भारतका कप्तान रोहित शर्मालेको बिस्फोटक ब्याटिङका कारण दिएको २०६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १८१ रन मात्र बनाउन सक्यो ।

अस्ट्रेलियाका ओपनर ट्राभिस हेडले सर्वाधिक ७६ रन बनाए पनि टाेलीलाई जित दिलाउन सकेनन्  र उनलाई भारतका जसप्रीत बुमराहले रोहित शर्माको हातबाट क्याच आउट गराएका हुन ।

त्यस्तै कप्तान मिचेल मार्श २८ बलमा ३७ रन बनाएर आउट भए ।  भारतका कुलदीप यादवले अक्षर पटेलबाट क्याच आउट गराए ।

खेलको पहिलो ओभरमा नै अस्ट्रेलियाका डेभिड वार्नर आउट भएका थिए । वार्नरले ६ बलमा एक चौकासहित ६ रन बनाए । त्यस्तै ग्लेन म्याक्सवेलले २०, टिम डेभिडले १५ तथा मार्कस स्टोइनिसले २ रनको योगदान दिए ।

भारतका लागि अर्शदीप सिंहले तीन विकेट लिए । चार ओभर बलिङ गरेका उनले ३७ रन खर्चिए । त्यस्तै कुलदीप यादवले दुई विकेट लिदा जसप्रीत बुमराह र अक्षर पटेलेको नाममा एकएक विकेट लिए ।

भारतले पहिलो ब्याटिङ गर्दा कप्तान रोहित शर्माले सर्वाधिक ९२ रन बनाए । ४१ बलको सामना गरेका शर्माले ७ चौका र ८ छक्का प्रहार गर्दै राम्रो स्कोर बनाएका थिए ।

त्यस्तै तेस्रो नम्बरमा ब्याटिङ गर्नका आएका ऋषभ पंत १५ रन बनाएर आउट भए। १४ बलको सामना गरेका उनले एक चौका र एक छक्का प्रहार गरे। उनलाई अस्ट्रेलियाका मार्कस स्टोइनिसले ट्राभिस हेडको हातबाट क्याच गराए ।

भारतका लागि शुर्यकुमार यादवले ३१, शिव्म दुवेले २८ रन बनाउँदा हार्दिक पाण्ड्याले नट आउट २७ रनको योगदान दिए । यस्तै ओपनिङ गर्न आएका विराट कोहली पाँच बलको सामना गर्दै शुन्य रनमा आउट भए । उनलाई अस्ट्रेलियाका जोश हेजलवुडले ट्राभिस हेडको हातबाट क्याच गराए ।

अस्ट्रेलियाका लागि मार्कस स्टोइनिस र मिचेल स्टार्कले समना दुईदुई विकेट लिए । त्यस्तै जोश हेजलवुडको नाममा एक विकेट रह्यो  । हारसँगै अस्ट्रेलियाको सेमिफाइनल सम्भावना कमजोर बनेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x