१३ मंसिर २०८३, शनिबार

भारत सरकारद्वारा अफगानिस्तानलाई ५ लाख खोप सहयोग

एसीपी संवाददाता

१८ पुष २०७८, आईतवार ०८:१५ मा प्रकाशित

भारतीय अधिकारीका अनुसार काबुलस्थित इन्दिरा गान्धी अस्पताललाई उक्त खोप हस्तान्तरण गरिएको छ । भारतीय विदेश मन्त्रालयले थप ५ लाख मात्रा खोप अर्को साता पठाइने जनाएको छ । भारतले गत महिना अफगानिस्तानमा १.६ टन स्वास्थ्य सामग्री सहयोग गरेको थियो । उक्त सामग्री विश्व स्वास्थ्य संगठनमार्फत त्यहाँ पठाइएको थियो । विदेश मन्त्रालयले अफगान जनतालाई मानवीय सहायता पुर्‍याउन भारत सरकार प्रतिबद्ध रहेको समेत उल्लेख छ । त्यस्तै, भारतले अफगानिस्तानका लागि ५० हजार मेट्रिक टन गहुँ पठाउने पनि जनाएको छ । तर त्यो कहिले र कसरी पठाउने र वितरण गर्ने भन्ने विषयमा टुंगो लागिनसकेको जनाइएको छ ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x