७ जेष्ठ २०८३, बिहीबार

भारत सरकारले विभिन्न ४८ जिल्लाका विद्यालयहरुलाई ८१ वटा विद्यालय बस सहयोग

एसीपी संवाददाता

८ कार्तिक २०८२, शुक्रबार १८:५७ मा प्रकाशित

भारत सरकारले विभिन्न ४८ जिल्लाका विद्यालयहरुलाई ८१ वटा विद्यालय बस प्रदान गरेको छ। काठमाडौंस्थित भारतीय दूतावासले यी बस भारत र नेपालको लामो समयदेखि चलिरहेको विकास साझेदारी र मित्रताका सन्दर्भमा प्रदान गरिएको जनाएको छ। दूतावासका अनुसार सिन्धुपाल्चोक, झापा, उदयपुर जस्ता हालैको बाढी प्रभावित जिल्लाहरूका साथै हुम्ला, मुस्ताङ, सङ्खुवासभा, दार्चुला, बैतडी र अछाम जस्ता दुर्गम जिल्लाका विद्यालयलाई बस प्रदान गरिएको छ। नेपालका सातै प्रदेशमा वितरण गरिएका बसमध्ये पछिल्लो तीन दशकमा भारतले नेपालका विद्यालयहरूलाई कुल ३८१ विद्यालय बस प्रदान गरिसकेको छ । यसले नेपालको शैक्षिक विकासमा टेवा पुगेको भारतीय पक्षको भनाई छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x