५ मंसिर २०८३, शुक्रबार
मधेश प्रदेश स्वायत्त प्रदेश घोषणा गर्न सिके राउत आग्रह
काठमाडौं – जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउतले मधेश प्रदेशलाई पूर्ण स्वायत्त घोषणा गर्न आग्रह गरेका हुन । उनले फेसबुकमार्फत “मधेश हाम्रो हो, यहाँ हाम्रो शासन हुनैपर्छ” भन्दै सडकमै सभा बोलाएर भए पनि स्वायत्त घोषणा गर्नुपर्ने बताएका छन्।
राउतले संघीय सरकारले मधेशमाथि औपनिवेशिक शासनजस्तो व्यवहार गरेको आरोप लगाउँदै मधेशी जनताको आत्मनिर्णयका लागि आन्दोलनको आवश्यकता औंल्याएका छन्। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बर्दिबासमा होटलमा मुख्यमन्त्री नियुक्त गरेपछि उत्पन्न विवादपछि राउतको यो प्रतिक्रिया आएको हो।
Subscribe
Login
0 Comments


