१३ मंसिर २०८३, शनिबार

मल आउने आश्वासन मात्र चीन र बाङ्लादेश बाट जनतालाई धोका

एसीपी संवाददाता

१ पुष २०७८, बिहीबार १५:५९ मा प्रकाशित

०१ गते पौष २०७८ । नेपाल स्थित रहेको चिनियाँ एम्बेस्सीलाई नेपाल सरकारले मल उपलब्ध गराउने भनेको मल अहिले सम्झौतामा मात्र सिमित सहयोग गर्न अनुरोध गरेको छ । नेपाली जनता मल नपाएर थप मर्कामा परेका छ्न । अहिले नेपाली जनताले केही महिना अघि बाढीको मार झेलेका थिए भने अहिले मल नेपाल सरकारले उपलब्ध नगराउन सक्दा किसानहरु थप मर्कामा परेकोले घर परिवारको धान्ने समेत समस्या उत्पन्न हुन लागेको छ । नेपाल सरकारले पटक – पटक विभिन्न समयमा बाङ्लादेश र चीन बाट मल आउने आसा मात्र देखाउदै आएको हो जनताले गुनासो गर्दै आएका छ्न । नेपाल सरकारले नेपाल स्थित रहेको चिनियाँ दूतावासमा मल सहयोगको लागि पत्राचार गरेको हो ।
चीन र बङ्लादेशबाट केही दिन पहिले भएको सम्झौतामा धोका मात्र भएको ठहर हुँदै गएको छ । बाङ्लादेशको जेनट्रेडले तीन लट गरेर मल आउने  बताएको थियो  ।  पहिलो लटमा २० हजार मेट्रिक टन, दोस्रोमा २० र तेस्रोमा १० हजार मेट्रिक टन मल आउने कागज मा मात्र सिमित छ यो पनि सम्झौता नामको मात्र भएको छ ।
सरकारले बंगलादेशसँग ५० हजार मेट्रिक टन मल किन्न लागेको समाचार बाहिरीएको थियो । बंगलादेशबाट युरिया मल ल्याउन कृषि सामग्री कम्पनी र बंगलादेशको ‘बंगलादेश केमिकल इन्डस्ट्रिज’बीच सम्झौता भएको थियो। अहिले चीनबाट आउने भनेको मल पनि अत्तोपत्तो छैन ।  मल नपाएको भन्दै अहिले जनता आन्दोलन गर्ने गरेको हुन ।  किसान मर्कामा परि रहेका छ्न ।
यसै बिच केही दिन पहिले चिनियाँ मल श्रीलंका पठाएको मल जैविक मलको गुणस्तरलाई लिएर चीन र श्रीलङ्काबीच विवाद उतपन्न गरेको थियोे ।
हिप्पो स्पिरिट नाम गरेको चिनियाँ पानीजहाज गएको सेप्टेम्बरमा २० हजार टन जैविक मल बोकेर श्रीलङ्का पुगेको थियो ।
श्रीलङ्का सरकारले अर्डर गरेभन्दा न्यून गुणस्तरको मल पठाएको भन्दै अस्वीकार गरेपछि विवाद बढेको हो । खेतीबालीमा नोक्सानी पुर्‍याउने मल पठाएको भन्दै श्रीलङ्काका किसान र कृषि वैज्ञानिकले विरोध गर्दै मल अस्वीकार गर्न दबाब दिएका छन् ।
यो कुरा थाहा हुँदा पनि नेपाल सरकारले चीन सङ सम्झौता गरेको हो र चीनबाट २० टन युरिया मल आयात हुने आसा गरेको हो  । युरिया मल  जिटुजी मार्फत खरिद गर्ने अख्तियारी कृषि मन्त्रालयलाई सरकारले बङ्गलादेश सरकारसँग ५० हजार मेट्रिक टन युरिया मल सरकार–सरकार (जिटुजी) प्रक्रियाबाट खरिद गर्न कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई सैद्धान्तिक स्वीकृत दिएको थियोे  ।  साल्ट ट्रेडिङ कर्पोरेसनले पहिलोपटक चीनबाट झिकाएको २० टन युरिया मल आउने सम्झौता भएको हो तर अहिलेसम्म जनता सम्म मलको अभाव हुने गरेको छ ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x