१३ मंसिर २०८३, शनिबार

रातो प्लेटका ई रिक्सालाई आज नियन्त्रणमा लिदै

एसीपी संवाददाता

१९ मंसिर २०८०, मंगलवार १६:०९ मा प्रकाशित

रिसब सिंह बाडिया नेपालगन्ज ।  नेपालग्न्जमा ई रिक्सा ब्यवस्थापन गर्न कडाई गर्दै  छ नेपालगन्ज उपमहानगर्पालिकाले  आज विभिन्न रिक्सा नियन्त्रणमा लिएको जनाएको छ ।  नेपालगंज उप-महानगरपालिकाको नेतृत्व र स्थानिय प्रशासनको समन्वय एवं सहकार्यमा ई-रिक्सा ब्यवस्थापनको कार्य आज बाट भएको छ ।
रातो नम्वर प्लेट ( निजि ) को ई-रिक्सालाई कालो प्लेट ( भांडा ) को रिक्सामा परिवर्तन गर्न प्रोत्साहित गर्ने । 
आफू खुशी रातोलाई कालो प्लेट बनाएकाहरुलाई पनि कानून बमोजिमको प्रकृया पूरा गरि कालो प्लेटमा रुपान्तरण गर्न प्रोत्साहित गर्ने  हो ।  अहिले सम्मको चेकिङबाट १३२ थान ई-रिक्सा नियन्त्रणमा लिइएको छ । 
यात्रु बोक्ने रातो नम्बर प्लेटका इ-रिक्सा विरुद्ध कठोर बनेका छ नेपालगन्ज उपमहानगरपालिका ।  नीति-नियम र प्रक्रिया विपरीत गुडिरहेका रातो नम्बर प्लेटका ९३ वटा यात्रुबहाक इ-रिक्सालाई जिल्ला प्रशासन कार्यालय बाँके र ३९ वटा इ-रिक्सालाई नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालामा ‘होल्ड’ गरेर राखिएको छ । यातायात कार्यालयबाट कालो नम्बर प्लेट नबनाउँदासम्म ती इ-रिक्सालाई गुड्न दिइने छैन ।  मेयर प्रशान्त बिष्ट को सचिवालयले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x