राप्रपाको मंच बाट कृषि मन्त्री यादवको राजीनामा माग , जनता बिरोधि भए कृषि मन्त्री – ताहिर अलि
बिकास खडका – १३ गते पौष २०७८ । राप्रपाका केन्द्रिय सदस्य ताहिर अलिले कृषि मन्त्री महेन्द्र राय यादव को राजीनामा माङ गरेका छ । गण्डकी प्रदेशको नवलपुर सभालाई सम्बोधन गर्दै अलि अहिले किसान मल नपाएर मर्कामा रहेको र मन्त्री अन्यत्र ब्यस्त रहेको मुद्दा उठाउनु भयो । राप्रपाका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ देन सहित विभिन्न केन्द्रिय नेताहरु उपस्थित सभालाई सम्बोधन गर्दै केन्द्रिय सदस्य अलि अहिलेको कृषि मन्त्रीले पीडित बनेका जनतालाई मल उपलब्ध गराउन नसके पद बस्नु औचित्यहिन भएको बताउनु भयो । अलि आफ्नो समाजिक संजाल पोस्ट गर्दै कृषि मन्त्रीले नैतिकताको आधार राजीनामा दिनु उल्लेख गरेका छन । मन्त्रालयले मलको बाङ्लादेश र चीन दूतावासलाई पत्राचार समेत गरेको तर कुनै बिकल्प नभएको हो । नेपाली जनता कृषिमा अधारित रहेकोले तत्काल मल उपलब्ध गराउने योजना हुनु पर्ने माङ गरेका छ्न ।
यसैबीच कृषि मन्त्री विरुद्ध युवाहरूको मोर्चाले समेत बिरोध प्रदर्शन शुरु गरेका छ्न । चीन बाट मल नाआउने भए पछि अन्यत्र उपायमा जाने कृषि मन्त्रीको भासणले थप बिवाद सिर्जना भएको छ । युवाहरूले अहिले कृषकलाई मल बिऊ सहज रुपमा उपलब्ध गराउनुपर्ने, लगायतका माग राखिएका छ्न ।
उक्त्त प्रदर्शनका बेला हालका कृषि मन्त्री महेन्द्र राय यादब विरुद्ध नाराबाजी गर्दै राजीनामा समेत माग गरेका थिए । चीनले रोक लगाएको मलको आयात हुन नसक्दा नेपाली जनता मारमा परेकोले मलको आपूर्तिको लागि सरकारले भारत सङ समन्वय गरि मल आयात गर्नु पर्ने बताउदै आएका छ्न ।


