२ मंसिर २०८३, मंगलवार

रास्वपाका प्रधानमन्त्री उम्मेदवार शाह बहादुरगन्ज किन रुकेनन

एसीपी संवाददाता

२ फाल्गुन २०८२, शनिबार १८:०६ मा प्रकाशित

कपिलवस्तु, मिति २०८२ फागुन २ (आज)
~आरिफ हुसेन
कपिलवस्तु क्षेत्र नम्बर ३ को बहादुरगंजमा आज दिउँसो करिब २–३ बजेको समयमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रधानमन्त्री पदका उम्मेदवार तथा काठमान्डौ महानगरपालिका को पूर्व मेयर बालेन शाह को आगमन भएको थियो। उहाँको स्वागतका लागि स्थानीय बासिन्दा बिहानैदेखि बहादुरगंज चोकमा प्रतीक्षा गरिरहेका थिए।
स्थानीयहरूका अनुसार लामो समयसम्म प्रतीक्षा गरेपछि बालेन शाह बहादुरगंज चोकमा आइपुग्नुभयो। तर उहाँले जनतासँग कुनै सम्बोधन नगरी केवल हात हल्लाएर फर्किनुभएको बताइएको छ। यसले कार्यक्रममा उपस्थित केही सर्वसाधारण निराश बनेका थिए।
हामी बिहानैदेखि उहाँको कुरा सुन्न भनेर बसेका थियौं तर उहाँले एक शब्द पनि बोल्नुभएन एक स्थानीयले गुनासो गर्दै भने।
स्थानीय स्तरमा भने यस विषयमा विभिन्न प्रतिक्रिया आएका छन्। केहीले समय अभावका कारण सम्बोधन गर्न नसकेको अनुमान गरेका छन् भने केहीले जनताप्रति ध्यान नदिएको टिप्पणी गरेका छन।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x