रुकुम घटनाका पीडितलाई न्याय दिलाउने मन्त्री द्वारा अश्वासन
जाजरकोट : वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले रुकुम घटनाका पीडितलाई न्याय दिलाएरै छाड्ने बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत मृतक युवकहरुप्रति श्रदान्जली व्यक्त गदै हराएका बाँकी १ जनाको खोजीकार्य जारी रहेको बताएका छन्।
‘चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनाबाट ५ जना युवाहरु नवराज विक, टिकाराम सुनार, गणेश बुढामगर, लोकेन्द्र सुनार र सञ्जु विकको शव भेरीमा फेला परेको छ भने अर्का एकजना गणेश शाहीको खोजी जारी छ’, उनले भनेका छन्, ‘आधुनिक अनि समतामुलक समाज र मानवीय मूल्यलाईसमेत चुनौती दिने उक्त घटनाले हामी सबैलाई स्तब्ध बनाएको छ। सन्तान गुमाउनु परेका परिवारका निम्ति यो अझ बढी पीडादायी क्षण हो।’
उनले घटनापछि विकसित अवस्थाले पीडित परिवारलाई न्याय नपाइने हो कि भन्ने त्रासतर्फ आफूहरु सचेत रहेको बताएका छन्। बस्नेतले जनप्रतिनिधिहरु पीडितको साथमा रहेको बताउँदै न्याय दिलाएरै छाड्ने उल्लेख गरेका छन्। श्रोत थाहा खबरबाट