१७ मंसिर २०८०, आईतवार

विद्यार्थीले संकायपिच्छेका विषय पढ्नु पर्ने बाध्यता हटेको छ

एसीपी संवाददाता

१२ माघ २०७६, आईतवार १३:५१ मा प्रकाशित

१२ माघ । कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीले संकायपिच्छेका विषय पढ्नु पर्ने बाध्यता हटेको छ ।
आगामी शैक्षिक सत्र देखि लागु हुने कक्षा ११ र १२ को नयाँ पाठ्यक्रममा पहिलेको जस्तोे संकाय नरहने पाठ्यक्रम विकास केन्द्रका सुचना अधिकारी गणेश भट्टराईले बताए । नयाँ पाठ्यक्रममा कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीका लागी पनि कक्षा ९ र १० का विद्यार्थीको जस्तै पाठ्यक्रम लागु हुने भएको हो ।
भट्टराईका अनुसार कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीले नेपाली, अंग्रेजी र सामाजिक अनिवार्य विषयको रुपमा पढ्ने छन् भने अन्य तीन वटा ऐच्छिक विषयको रुपमा पढ्न सक्ने छन् । त्यस्तै कक्षा १२ मा नेपाली अंंग्रेजी र जीवन उपयोगी शिक्षा अनिवार्य विषयको रुपमा पढ्नुपर्ने छ भने बाँकी तीन ऐच्छिक विषय हुन्छ । ८० वटा ऐच्छिक विषयलाई चार भागमा विभाजन गरिएको र विद्यार्थीले छनौट गर्दा तीन वटा ग्रुपबाट आफूले पढ्न चाहेको विषय छनौट गर्न सक्ने उनले बताए । बाँकी रहेको अर्का ग्रुपबाट पनि विद्यार्थीले चाहेको खण्डमा चौथो ऐच्छिक विषय लिन सक्ने व्यवस्था गरिएको उनले जानकारी दिए । शिक्षा मन्त्रालयबाट स्वीकृति भइसकेको १ र ११ कक्षाको नयाँ पाठ्यक्रम आगामी शैक्षिक सत्रदेखि लागु हुने उनको भनाइ छ ।
शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले गत २० भदौमा कक्षा १ देखि १२ सम्मको नयाँ पाठ्यक्रम स्वीकृत गरेको थियो । भट्टराईले कक्षा २, ३, ६ र १२ को पाठ्यक्रम आगामी ०७८ मा, कक्षा ४, ७, ९ को ०७९ सालम र ५, ८ र १० को पाढ्यक्रम ०८० सालमा परिवर्तन हुने बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x