९ माघ २०८२, बिहीबार
व्यक्ति हत्याका आरोपी सापकोटालाई सभामुख उम्मेदवार बनाएकोले कांग्रेसको उम्मेवारी
माघ ६ ।
नेकपाले व्यक्ति हत्याका आरोपी सापकोटालाई सभामुख उम्मेदवार बनाएको भन्दै कांग्रेसले उम्मेवारी दिन लागेकोले नेपाली कांग्रेसले सभामुख निर्वाचनमा पार्टीबाट केन्द्रीय सदस्य एवं सचेतक पुष्पा भुसाललाई उम्मेदवार उठाउने तयारी गरेको छ ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटालाई सभामुख उम्मेदवार बनाउने निर्णय गरे पछी कांग्रेसले आफ्नो तर्फबाट भुषाललाई उम्मेदवार बनाउन लागेको हो । सापकोटाको मुद्दा सर्वोच्चमा विचाराधीन छ ।कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पदअनुसार पात्र छनौट नभए सभामुख पदको गरिमा नै धरापमा पर्ने बताएका छन्। कांग्रेसबाट उम्मेवार बन्न लागेकी भुसाल राजनीतिमा लाग्नुअघि उनी १७ वर्ष त्रिभुवन विश्वविद्यालयमा पढाउँथिन्। उनी कानुनमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी छन्।
Subscribe
Login
0 Comments



