१२ मंसिर २०८०, मंगलवार

शिवसेना द्वारा नेपालगन्जमा पदयात्रा

एसीपी संवाददाता

१७ माघ २०७६, शुक्रबार ११:१६ मा प्रकाशित

नन्दलाल साहू/नेपालगन्ज
शुक्रबार १७ माघ
हुँदैन बिहान मिर्मिरे तारा झरेर नगए।
बन्दैन मुलुक दुई चार सपुत मरेर नगए।।नाराका साथ नेपाल
शिवसेनाले सहीद दिवासको अवसरमा पदयात्राको कार्यक्रम गरी बागेश्वरी मन्दिरको पार्कमा सभाको समापन गरेका छ।
हिन्दू एक नभए धर्मको रक्षा नहुने र हामी सुतेको हिन्दूहरुलाई जगाउन सजिलो छ तर उठेको बहाना गर्ने हिन्दूहरुलाई जगाउन सकिदैन भनी आफ्नो बिचार नेपाल शिवसेनाका केन्द्रीय उपाध्यक्ष किशोर लामाले राखेका थिए।
बाँकेमा नेपाल शिवसेनाको धेरै लगानी रहेको र इतिहास जीवित रहेको छ, जब हामी हिन्दू एक हुदैनौ तब सम्म हिन्दू राष्ट्रको कल्पना मात्र हुनेछ भनी क्रायक्रमका प्रमुख अथिति नेपाल शिवसेनाका संस्थापक अध्यक्ष मनोज कुमार श्रेष्ठले बताउनु भयो ।
कार्यक्रमका सभापति नेपाल शिवसेनाका केन्द्रीय अध्यक्ष राजकुमार रौनियारको प्रमुख अथितिमा नेपाल शिवसेनाका संस्थापक अध्यक्ष मनोज कुमार श्रेष्ठ रहेका थिए।
सोही कार्यक्रममा स्वागत मन्तव्य र संस्थाको परिचय नेपाल शिवसेनाका केन्द्रीय महासचिव श्याम थापाले दिएका हुन ।
बैदिक ज्ञान नै मानव कल्याणको निमित्त रहेको र बिज्ञान सम्वत रहेको जानकारी आर्य समाजका प्रचार प्रसार समितिका अध्यक्ष स्वदेशीले मन्तव्य दिनु भएको थियो।
अजै कयौ राष्ट्र सुपूतहरुले बलिदान नदिए हिन्दु राज्यको सम्भावना छैन भन्दै कार्यक्रमका सभापति नेपाल शिवसेनाका केन्द्रीय अध्यक्ष राजकुमार रौनियारले बताएका छ्न।
कार्यक्रम संचालन नेपाल शिवसेनाका केन्द्रीय सचिव मंगल जी. एम. रहेका थिए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x