१३ मंसिर २०८३, शनिबार
शेरबहादुर देउवालाई आफ्नो गृहनगर गुजरातमा स्वागत गर्ने तयारी भारतका प्रधानमन्त्री मोदी
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका समकक्षी शेरबहादुर देउवालाई आफ्नो गृहनगर गुजरातमा स्वागत गर्ने तयारी गरेका छन् ।
भारतले आयोजना गर्न लागेको भाइब्रेन्ट ग्लोबल गुजरात समिटमा सहभागिताका लागि मोदीले प्रधानमन्त्री देउवालाई निमन्त्रणा पठाएका हुन् ।
परराष्ट्र मन्त्रालय र भारतस्थित नेपाली राजदूतावासले भ्रमणको तयारी थालेका छन् । प्रधानमन्त्री देउवा २५ पुसमा भारत भ्रमणमा जाने गरी तयारी थालिएको हो ।
देउवा प्रधानमन्त्री भएपछि यो पहिलो भारत भ्रमण हुनेछ, साथै पहिलो वैदेशिक स्टेट भिजिट हुनेछ । यसअघि देउवाले स्कटल्याण्डको गलास्गोमा मोदीसँग साइडलाइन वार्ता गरेका थिए ।
Subscribe
Login
0 Comments


