सत्य बोल्न पार्टीको सदस्य हुन जरुरी छैन , एमाले सदस्यको भनाइ
नेपाल भएको जेन जि आन्दोलनको विद्यार्थी बिद्रोहको क्रममा नेपाल सरकारका तत्कालीन प्रधानमन्त्री केपि शर्मा ओलिलाई र अन्य मन्त्रीलाई विभिन्न जिल्लाका नेकपा एमाले का कार्यकर्ताले दिएको सुझावलाई अहिले बिवादित बनाईएको छ ।
कार्याकर्ताले समस्याको निकास दिने नेपाल सरकारलाई सुझाव दिदै बाटो निकास दिन भन्दै तत्कालीन सरकारले राजीनामा दिएर भए पनि समाधान गर्न सुझाव दिएका थिए ।
तर नेकपा एमाले का नेता तथा एमाले पार्टी मन्त्रीहरुले कुनै हालत विद्यार्थी सामु नझुक्ने बताएकाले अहिले यो अवस्था सृजना भएको हो र यो कुराको अहिलेसम्म नेकपा एमालेले आफ्नो सदस्यलाई कार्यावाही गर्न भनी रहदा अलग अलग स्थान बाट पार्टी समेत त्याग्नु परेमा हामीलाई चिन्ता न हुने बताएका छ्न ।
–============
जेन्जी आन्दोलन बेकाबु भए पछि भदौ २३ राती प्रधानमन्त्री पद बाट र लज्जास्पद हार हुन थालेपछि फाल्गुन २३ मा नै अध्यक्ष र महासचिव कमरेडले नैतिकताको आधारमा राजीनामा दिई मार्ग प्रशस्त गर्नुपर्छ भनेर सार्वजनिक आग्रह गर्ने म पनि हुं । सक्छौ भने म लाई कारवाही गर । एक थान संगठित सदस्यता छ, त्यै पनि लैजाओ कमरेडहरु ।



