१ श्रावण २०८३, शुक्रबार

सशस्त्र समूह हिजबुल्लाहले कासिमलाई आफ्नो नयाँ प्रमुखमा चयन

एसीपी संवाददाता

१३ कार्तिक २०८१, मंगलवार १७:०६ मा प्रकाशित

लेबनानको सशस्त्र समूह हिजबुल्लाहले नइम कासिमलाई आफ्नो नयाँ प्रमुखमा चयन गरेको छ ।

यसअघि उनी समूहको उपमहासचिव थिए । यसका नेता हसन नसरल्लाह लेबनानको बेरुतमा इजरायली हवाई आक्रमणमा मारिएका थिए ।

हिजबुल्लाहको सिनियर काउन्सिलले नइमलाई नयाँ प्रमुख चयन गरेको हो ।

हालै इजरायलले हिजबुल्लाहका धेरै वरिष्ठ नेताहरूलाई मारेको छ । हसन नसरल्लाहपछि उनको उत्तराधिकारी मानिने हाशिम सफीद्दीन पनि इजरायली आक्रमणमा मारिएका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x