२२ फाल्गुन २०८२, शुक्रबार
सुनसरी जिल्ला हरिनगर गाउँपालिका-२ का कुटपिटको घटनाको अनुसन्धान गर्दा प्रहरी
कोशी प्रदेशको सुनसरी जिल्ला भोक्राहा नरसिंह गाउँपालिका मा “JSR भन्न नमानेको मा, २ जनालाई कुटपिट गरेर घाइते बनाइदिएका छन् । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-७ हुलाकी राजमार्ग क्षेत्रमा धार्मिक नारा भन्न दबाब दिँदै गरिएको घटना हो।
सुनसरी जिल्ला हरिनगर गाउँपालिका-२ का मुबस्सीर अन्सारी र नोैशाद अन्सारीलाई भोक्राहा नरसिंह गाउँपालिका-७ का निखिल मण्डल र सन्तोष मण्डलले टाउको र ढाडमा फलामको धातुले कुटेको छ ।
घटनापछि घाइते रहेका दुवै जनालाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । घटनाबारे स्थानीय प्रशासन र प्रहरीलाई जानकारी गराइएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले घटनाको अनुसन्धान सुरु गरिएको र संलग्न व्यक्तिहरूको खोजी भइरहेको जनाएको छ ।
स्थानीयवासीले धार्मिक सहिष्णुता खल्बल्याउने यस्ता गतिविधिमा संलग्नलाई कडा कारबाही गर्न माग गरेका छन् ।
Subscribe
Login
0 Comments



