१३ मंसिर २०८३, शनिबार

स्थानीय तहको निर्वाचन बैशाखमै हुन्छ – प्रधानमन्त्री

एसीपी संवाददाता

६ माघ २०७८, बिहीबार ०१:३९ मा प्रकाशित

काठमाडौं। स्थानीय तहको निर्वाचन बैशाखमै गराउनेगरि आफू प्रतिबद्ध रहेको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् ।

महान्यायाधिवक्ता खम्मबहादुर खातीले प्रधानमन्त्री देउवासँग गरेको निर्वाचनकेन्द्रित छलफलमा यस्तो प्रतिबद्धता व्यक्त गरेका छन् ।

छलफलमा प्रधानमन्त्री देउवाले संविधानले निर्देशन गरेबमोजिम समयमै स्थानीय तहको निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताएका थिए ।

यसअघि स्थानीय तहको निर्वाचन बैशाखमै गर्नको लागि सरकारले आलटाल गरेको समाचार आएका थिए ।

खासगरी सत्तापक्षीय गठबन्धनमा बैशाखमा स्थानीय तहको निर्वाचन गर्नेबारे समान धारणा नभएको र मंसिरमा तीनै तहको निर्वाचन गराउनेबारे छलफल भएको कुरा बाहिर आएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x