३१ श्रावण २०८३, आईतवार

हङकङलाई हराउँदै नेपालले जित्यो टी-२० सिरिज

एसीपी संवाददाता

१० भाद्र २०८०, आईतवार ०६:३५ मा प्रकाशित

नेपालले चार देश सम्मिलित टी-२० सिरिज जितेको छ।

आज भएको फाइनलमा हङकङलाई डिएल मेथडलाई १३ रनले हराउँदै नेपाल च्याम्पियन बनेको हो।

हङकङले दिएको १०२ रनको लक्ष्य पछ्याको नेपालले ५.३ ओभरमा ३७ रन जोड्दा खेल मौसमले अवरुद्ध भय‍ो।

त्यसपछि खेल हुन नसक्दा नेपाल विजयी भयो।

सिरिजपछि नेपालले आइसिसी महिला टी-२० विश्वकप एसिया छनोट खेल्नेछ।

मलेसियामा हुने प्रतियोगिताको समूह ‘ए’ मा नेपालसहित ६ टिमले प्रतिस्पर्धा गर्दैछन्। नेपाल, बहराइन, भुटान, मलेसिया, कतार र युएई समूह ‘ए’ मा छन्।

प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा अगस्ट ३१ मा आयोजक मलेसियासँग खेल्नेछ।

समूह ‘बी’ मा ५ टिम छन्। प्रतियोगिताबाट दुई टिम विश्व छनोटमा पुग्नेछन्।

विश्वकप छनोटमा १० टिम सहभागी हुँदा २ टिमले सन् २०२४ मा बंगलादेशमा हुने महिला टी-२० विश्वकपमा स्थान पक्का गर्नेछन्। सेतेपाटी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x