१३ मंसिर २०८३, शनिबार

हिजो सम्म राजनीतिक दलहरु विच द्वन्द

एसीपी संवाददाता

९ मंसिर २०८०, शनिबार २१:०४ मा प्रकाशित

हिजो सम्म राजनीतिक दलहरु विच द्वन्द

अब व्यवस्था विरुध्द द्वन्द

ओम आचार्य

नेपालमा माओवादीको शशश्त्र द्न्द ६२ मा १२ बुदे सहमती पस्चात समाप्त भयो । सहमती गर्दै भनियो अव नेपालमा जनताले फेरी आन्दोलन गर्नु पर्दैन !देशमा गणतन्त्र स्थापना भएपछी देश विरुध्द व्यवस्था बिरुध्द राजनैतिक दलहरुबाट कुनै पनि आन्दोलन नगरे पनि ति दलहरु आफ्नै दल अन्य दल विरुध्द दलगत द्वन्दमा फसे । गणतन्त्र स्थापना पछी निर्मित कुनै सरकारले देशको आर्थिक सामाजिक सांस्कृतिक विकाशमा ध्यन दिएन ! शान्ती र शुशाशनमा दलहरुको ध्यान एकत्रित भएन ।

नेपाली काग्रेस एमाले माओवादीदलहरु आफ्नै दलको द्वन्दमा फँसे । द्वन्दले एमाले र माओवादी पाटीमा फ़ुट भयो । काग्रेसम् पनि यस्तै द्वन्दले पाटी फुट्छ की भन्ने अवस्था विधमान छ । 

यिनै पाटीहरु हुन द्वन्द व्यवस्थापन गर्ने र यिनै दलभित्र आन्तरिक द्वन्द घनिभुत छ !द्वन्द भनेको शशत्र द्वन्द मात्रै हैन फरक विचारको  , आर्थिक असमान्ता लगायत धैरै कुराले द्वन्द जन्मन्छ !

अहिले विभिन्न राजनीतिक दलहरुमा यी दुइ कुराले द्वन्द जन्माएको छ।

पहिले कुरा त गणतन्त्र स्थापना पछी पनि राजनितिक दलहरुले आफ्नो दललाइ समयानुकूल परिमार्जित गर्न सकेन त्याहाबाट दलभित्र द्वन्द सुरु भयो

अर्को तर्फ दलहरुले सरकारको नेतृत्व लिइरहदा चरम भ्रस्टचारमा डुवे र यस्ले नागरिकमा धनि र गरिब को ढुलो खाडल निर्माण गरे । नागरिकों व्याक्तिगत आयस्तर निरन्तर खस्कन्दो अवस्थामा   पुर्याए !

देशमा दलगत द्वन्द त छदै थियो यो द्वन्दले नत त संविधान परिमार्जित गर्ने तर्फ लाग्यो नत शुशाशनमा नै ध्यान दियो !!देशमा राष्ट्रीय पाटीमा दर्ता भएका दलहरुले के सोचे भने अब देशमा व्यवस्था विरुध्द नागरिक आन्दोलन हुदैन । यही सोचले दलमा मैमत्ता र तानासाही प्रवृती बड्दै गयो । केपी ओली प्रधानमन्त्री हुदा नेपाली काग्रेसले तानाशाहीको आरोप लगायो ! प्रचण्डको सरकारलाइ पनि तानाशाहीभएको आरोप पछिल्लो पटक लाग्न थालेको छ जुन सरकारमा नेपाली काग्रेस पनिसम्मिलित छ र यस अर्थमा यो आरोप नेपाली काग्रेसलाइ चै होइन भन्न सकिन्दैन!!

यस्तै कारण यस्तै वेथिती ले देशका राजनीतिक दलहरुले सोचे जस्तो दृस्य देशमा देंखिएन  ! 

अव देशमा दलगत द्वन्द हैन दुइ व्यवस्था विच गणतन्त्रबादी र राजाबादी विच द्वन्द हुर्किने देखिन्ंछ। यस्को संकेत बुजेर १२ बुदे सहमती गर्ने दलको बैठक सायद यसै प्रयोजनको लागी बसेको हुन सक्छ । दलहरुले संविधान परिमार्जित गर्ने विसयमा , जनताको आर्थिक जीवनस्तर उठाउन , देशमा शुशाशन दिन , देशको विकास र सम्मृध्दी मा यि १२ बुदे सहमती गर्ने दलहरु कहिल्यै एक ठाउमा वसेर लोककल्याण को निर्णय गरेन !

यसैको परिणती हो दुर्गा प्रसाइ । दुर्गा प्रसांइले प्रस्ट रुपमा व्यवस्था विरुध्द द्वन्द जन्मांए । भोली यो नागरिक आन्दोलन को नेतृत्व कस्को हातमा जान्छ या कस्ले नेतृत्व लिन्छ यस्को यकिन ख़ाका कोर्न सकिन्न्दैन । दुर्गा प्रसाइसे उठान त गरे भोली उ पनि नेतृत्व गर्ने लाइ ज़िन्दाबाद भनेर नारा लगाउनेको भिडमा आउन सक्छन अर्थात यो आन्दोलन अरु भारी हुने देखिन्छ! यो भारी पन कों राजनीतिक दलहरुले अनुमानगरेरनै आन्दोलनको सुरु दिनमै दमन गर्नेआन्दोलनलाइ निस्तेज गर्ने हदै सम्म प्रयासले पुस्टी हुन्ंछ ।

अझै पनि राजनीतिक दलहरु न सुध्रिने न सच्चिने हो भने देशमा यि राजनीतिक दलहरुले द्वन्दलाइ आमन्त्रण दिने काम गर्छन । हिजो पंचायती व्वय्थामा जसरी द्वन्द हुरकियो र त्यो द्वन्दले अन्तत व्यवस्था  र राजशाही समाप्त भयो त्यस्तै अवस्थामा अहिले गणतान्रीक व्यवस्थामा आउन सक्दैन भन्न सकिन्छ र ।

रामले रावणलाइ मारे तर लंकाको राजा वनेन विभिषणलांइ सुमप्पिए ।रामलाइ थाहा थियो त्याहा रावणको उछिष्ठ छन कुनै पनि वेला विद्रोह हुन सक्छ । यही कुरा गणतन्त्रबादीहरुले बुज्न सकेनन नेपालमा राजाको पनि उछिष्ठ छन । अहिले भइरहेको व्यवस्था विरुध्दको आन्दोलन पनि यही हो

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x