५ मंसिर २०८३, शुक्रबार

६ महिना बित्दा पनि बजेट तथा खर्च विवरण उपलब्ध गराएन नरैनापुर गाउँपालिकाले

एसीपी संवाददाता

५ मंसिर २०८३, शुक्रबार २०:०९ मा प्रकाशित

बाँके — नरैनापुर गाउँपालिका वडा नं. ५ को बजेट तथा खर्च विवरण माग गरिएको ६ महिना बितिसक्दा पनि गाउँपालिकाले सूचना उपलब्ध नगराएको गुनासो गरिएको छ।

सूचना मागकर्ता अरबिन्द कुमार यादवले वडा नं. ५ को बजेट तथा खर्च विवरण माग गर्दै वडा कार्यालयमा निवेदन दिएका थिए। वडा कार्यालयले उक्त निवेदन गाउँपालिकामा पठाए पनि ६ महिना बितिसक्दा समेत आफूले माग गरेको सूचना प्राप्त नगरेको यादवले बताएका छन्।

नागरिकले सार्वजनिक बजेट तथा खर्चको विवरण माग गर्नु कानुनी अधिकार भए पनि लामो समयसम्म सूचना उपलब्ध नहुनु गम्भीर विषय भएको उनको भनाइ छ।

यादवले गाउँपालिकासँग वडा नं. ५ को बजेट, खर्च तथा योजनासम्बन्धी विवरण तत्काल सार्वजनिक गर्न माग गरेका छन्।

निवेदक: अरबिन्द कुमार यादव

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x