अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा नेपालगञ्जमा बहुभाषिक काव्य गोष्ठी
नेपालगञ्ज, फागुन ९ —
अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा नेपालगञ्जमा बहुभाषिक काव्य गोष्ठी भव्य रूपमा सम्पन्न भएको छ। विभिन्न भाषा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा विविध भाषाका स्रष्टाहरूले आफ्नो सिर्जना प्रस्तुत गरेका थिए।
कार्यक्रमको आयोजना अवधी सांस्कृतिक प्रतिष्ठान, नेपालगञ्जले गरेको हो।
गोष्ठीमा उर्दु, नेपाली, हिन्दी र नेवारी भाषाका कवि तथा साहित्यकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
गोष्ठीमा गुल्जार-ए-अदबका महासचिव मोहम्मद आरिफ अन्सारीले उर्दु भाषामा गजल वाचन गर्नुभयो। त्यस्तै, उर्दुका शायर मेराज अहमद “हिमालय” र वरिष्ठ शायर सैय्यद अशफाक रसुल हाश्मी “सैय्यद नेपालीले पनि आफ्ना गजल प्रस्तुत गर्नुभयो।
कार्यक्रममा शाहिदा बानो शाह “वाहिदी” ले उर्दु भाषामा आफ्ना सिर्जना वाचन गर्नुभएको थियो भने पंकज श्रेष्ठले नेवारी भाषामा रचना प्रस्तुत गर्नुभयो।
यस्तै रेखा गुप्ताले हिन्दी भाषामा तथा किरण आचार्यले नेपाली भाषामा अन्य साहित्यकारहरुले आ आफ्ना साहित्यिक कृति वाचन गर्नुभयो।
बहुभाषिक काव्य गोष्ठीले विभिन्न भाषाबीचको आपसी सद्भाव, सांस्कृतिक विविधता र मातृभाषाको महत्वलाई उजागर गरेको आयोजकले जनाएको छ। कार्यक्रममा सहभागीहरूले यस्ता कार्यक्रमले भाषा संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए भने कार्यक्रम संचालक, अवधी सांस्कृतिक प्रतिष्ठानका संस्थापक अध्यक्ष बिष्णुलाल कुमाल रहनु भएको थियोे ।



