१ कार्तिक २०८३, शनिबार
अफगानिस्तानको एक सिया मस्जिदलाई लछित गरि बिस्फोट ३२ को मृत्यु ४० जना घाइते
२९ गते असोज २०७८ शुक्रबार । एजेन्सी – काबुल — अफगानिस्तानको कानदहरस्थित एक मस्जिदमा बम विस्फोट हुँदा कम्तीमा ३२ जना मारिएका छन् । अरु ४० जना घाइते छन् ।
सिया मस्जिदलाई लक्षित गरी शुक्रबारको नियमित प्रार्थनाको क्रममा विस्फोट भएको हो । घाइतेहरुलाई नजिकका अस्पतालमा उपचार गरिएको छ । अफगानिस्तानमा तालिबानको कब्जा भएपछि पनि हिंसा र विस्फोट कम हुने नाम छैन। आज कान्दाहार प्रान्तको एक मस्जिदमा ठूलो विस्फोट भएको छ।
तालिबान सरकारका आन्तरिक मामिला मन्त्रालयका प्रवक्ता क्वारी सइद खोस्तीले घटनाको पुष्टि गरेका छन् । हमला कसले गरेको भन्नेबारे भने केही खुलेको छैन । गत शुक्रबार पनि कुन्दुज सहरस्थित अर्को एक सिया मस्जिदमा बम विस्फोट गरिँदा २० जना मारिनुका साथै ९० घाइते भएका थिए । अफगानिस्तानमा तालिबान सरकार गठनपछि आईएसआईएलका लडाकूले आक्रमण तिब्र पारेका छन् ।
Subscribe
Login
0 Comments



