नेपाली कांग्रेस नियमित पक्षधर बाँके क्षेत्र नं. २ को नगर तथा क्षेत्रीय अधिवेशन सम्पन्न, नेपालगन्ज नगर सभापतिमा नकुल खत्री तथा क्षेत्रीय सभापतिमा राजकुमार पोख्रेल हमाल।
नेपालगन्ज — नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत नियमित महाधिवेशन पक्षधरको बाँके क्षेत्र नं. २ को नगर तथा क्षेत्रीय अधिवेशन आज नेपालगन्जमा सम्पन्न भएको छ।
सम्पन्न अधिवेशनबाट नेपालगन्ज उपमहानगर नगर सभापतिमा नकुल खत्री तथा बाँके क्षेत्र न. २ क्षेत्रीय सभापतिमा राजकुमार पोख्रेल हमाल निर्बिरोध निर्वाचित भएका छन ।
त्यस्तै डुडुवा गाँउपालिका पालिका सभापतिमा शकील खान निर्बिरोध निर्वाचित भए। त्यसैगरी बाँके प्रतिनिधि सभा क्षेत्र न. २ प्रदेश क को सभापतिमा जोगिन्दर अहिर तथा प्रदेश ख को सभापतीमा धर्मेन्द्र कुमार बर्मा निर्बिरोध निर्वाचित भए। केन्द्रिय महाधिवेशन प्रतिनिधिमा ३५ जना निर्बिरोध भएको जिल्ला संयोजक तथा नेपाली कांग्रेस बाँकेका उपसभापति कृष्ण कार्कीले जानकारी दिएका छन।
धर्मेन्द्र बर्माको सभापतित्वमा आयोजित अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका लुम्बिनी प्रदेश संयोजक गेहेन्द्र गिरीले गरेका थिए। कार्यक्रमको उद्घाटन बीपी कोइरालाको तस्बिरमा माल्यार्पण गरेर गरिएको थियो।
अधिवेशनमा नेपाली कांग्रेस बाँकेका पूर्वसभापति गजेन्द्रबहादुर हमाल, कर्णाली प्रदेश संयोजक रंगमती शाही, नेपाली कांग्रेस बाँकेका उपसभापति कृष्ण कार्की, निरञ्जन सिंह सिजापती, लुम्बिनी प्रदेशसभा सदस्य माया पुन, पूर्वप्रदेशसभा सदस्य मो. याकुब अन्सारी र हुर्मत न्यौपानेलगायतका नेताहरूको उपस्थिति रहेको थियो।
त्यस्तै, कार्यक्रममा पार्टीका क्रियाशील सदस्य, विभिन्न तहका पदाधिकारी तथा नेता–कार्यकर्ताहरूको सहभागिता रहेको थियो।



