१३ असार २०८३, शनिबार

अमेरिकाद्धारा चिनियाँ सैनिकसँग जोडिएका केही ठूला र चर्चित कम्पनी कालोसूचीमा

एसीपी संवाददाता

४ माघ २०७७, आईतवार ०६:१३ मा प्रकाशित

फाइल तस्बिर

अमेरिकाले चिनियाँ सैनिकसँग जोडिएका केही ठूला र चर्चित कम्पनीलाई कालोसूचीमा राखेको छ। 

कालोसूचीमा राखिएकोमा चिनियाँ सेनाको स्वामित्व रहेको भनिएको मोबाइल कम्पनी शाओमी पनि समावेश छ।  रक्षा विभागले सुरक्षा खतरा भन्दै जुन २०२० मा अमेरिकी कांग्रेसलाई चिनियाँ सैनिकसँग जोडिएका कम्पनीको नाम बुझाएको थियो। 

राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो कार्यकाल सकिनै लाग्दा सुरक्षा खतराका नाममा चिनियाँ सैनिकसँग जोडिएको भनिएका कम्पनीहरुलाई कालो सूचीमा राख्ने निर्णय गरेको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन्। 

अमेरिकामा हालसम्म ४० भन्दा धेरै चिनियाँ ठूला मल्टिनेशनल कम्पनीहरुलाई कालोसूचीमा राखिएको छ। गत वर्ष नोभेम्बरमा राष्ट्रपति ट्रम्पले एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै चिनियाँ कम्पनीमा लगानी रहेका अमेरिकीहरुलाई लगानी फिर्ता लिन निर्देशन दिएको थियो। 

एयरक्राफ्ट कर्पोरेशन अफ चाइना रहेका छन्। पछिल्ला केही महिना यता ट्रम्पले चिनियाँ कम्पनीलाई निशाना बनाउँदै आउनु भएको छ। डाटा चोरीको आरोपमा यसअघि टिकटक, हुवेई मोबाइललगायतलाई अमेरिकामा प्रतिबन्ध लगाइसकिएको छ। 

अमेरिकाले पछिल्लो पटक कालोसूचीमा राखिएका कम्पनीमा शाओमीका साथै एडभान्स माइक्रो फेब्रिकेशन इक्वीपमेन्ट इन्क, अुओकाङ टेक्नोलोजी कर्पोरेशन, बेइजिङ झोङगुगुन डेभलपमेन्ट इन्भेस्टमेन्ट सेन्टर, गोविन सेमीकन्डक्टर कर्प, ग्राण्ड चाइना कम्पनी, ग्लोबल टोन कम्युनिकेशन टेक्नोलोजी, चाइना नेशनल एभिएसन होल्डिङ कम्पनी र कमर्शियल एअर क्राफ्ट कर्पोरेशन अफ चाइना रहेका छन्। थाहाखबरबाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
1
0
Would love your thoughts, please comment.x
()
x