चीनमा आइफोनको सीसा बनाउनका लागि हजारौं उइगरहरुको श्रम शोषण
चीन । एक मुख्य आइफोन वितरकले आइफोनको सीसा बनाउनका लागि हजारौं उइगरहरुको श्रम शोषण गरेको पाइएको छ ।
चीनस्थित आइफोन सिसा उत्पादन कम्पनीमा उनले हजारौं उइगरहरुलाई जबरजस्ती श्रममा लगाएको टेक ट्रान्सपरेन्सी प्रोजेक्टले खुलासा गरेको दी वाशिङ्टन पोस्टले जनाएको छ “हाम्रो अनुसन्धानले देखाउँदछ कि एप्पलले यसको आपूर्ति श्रृंखलामा जबरजस्ती श्रमको प्रयोग गर्ने कम्पनीलाई स्वीकार गरेको छ,” टेक ट्रान्सपरेन्सी प्रोजेक्टका निर्देशक केटी पउलले द वाशिङ्टन पोष्टलाई भने ।
टेक ट्रान्सपरेन्सी प्रोजेक्टका अनुसार लेन्स टेक्नोलोजीको जबरजस्ती श्रम प्रयोगको प्रमाण सार्वजनिक रूपमा उपलब्ध भएको थियो । यो कुरा सरकारी मिडियामा आउनबाट लुकाइएको थियो ।
“लेन्सले एप्पललाई आईफोनका लागि वर्षौंदेखि सिसा प्रदान गरिरहेको छ र कम्पनीले अमेजन र टेस्लासँग पनि काम गर्छ,” पोष्टले उल्लेख गर्यो । रिपोर्टले चिनियाँ मिडियाका विभिन्न विवरणहरू प्रस्तुत गर्दै श्रमिकहरुलाई जबरजस्ती श्रम गराउनका लागि स्थानान्तरणसमेत गराउने गरेको खुलेको छ ।
एक प्रतिनिधि जोश रोजेनस्टोकले दी पोस्टलाई भने, “एप्पलले जबरजस्ती श्रमप्रति शून्य सहिष्णुता अपनाएको छ ।” आश्चार्य जनाउँदै उनले जबरजस्ती श्रमको उपस्थिति खोज्नु भनेको हामीले गर्ने हरेक आपूर्तिकर्ताको मूल्यांकनको अंश भएको बताए ।
नेपाली भुमी मिचेर चीनले हुम्लामा भवन निमार्ण गरेको स्थानमा भारत सरकारद्धारा ४ करोड बराबरको सहयोग
यी संरक्षणहरू कुनै व्यक्तिको जागिर वा स्थानको पर्वाह बिना आपूर्ति श्रृंखलामा लागु हुने र कतै उल्लंघन भएको पाइए कारबाही गरिनेसमेत उनले बताएका छन् ।
“जहिले पनि हाम्रो ध्यान सबैलाई मर्यादा र सम्मानका साथ व्यवहार सुनिश्चित गर्नमा रहेको छ, र हामी हाम्रो आपूर्ति श्रृंखलामा कामदारहरूलाई जोगाउन यथाशक्य गरिरहनेछौं, ” उनले भने ।
एप्पललाई चीनमा बारम्बार श्रम मुद्दाहरूको आरोप लाग्ने गेको छ । जसका कारण एप्पलको व्यापारसमेत प्रभावित हुने गरेको छ । नेपालपाना



