११ जेष्ठ २०८३, सोमबार

अमेरिकी चक्रब्युह बाट पाकिस्तान बाहिर आउला ?

एसीपी संवाददाता

१ कार्तिक २०८२, शुक्रबार १०:४५ मा प्रकाशित

अफगानिस्तान – पाकिस्तान द्वन्द्व !!!
(के अमेरिकी चक्रब्युह बाट पाकिस्तान बाहिर आउला ?)
१) अफगानिस्तानको बरगाम एयरवेस अमेरिकाले माग्यो,तालिबानले इन्कार गर्‍यो,पछि डोनाल्ड ट्रम्पले युद्धको धम्की दिए पनि तालिवान टसको- मस भएको छैन।
२) यसै बिच अफगानिस्तान – पाकिस्तान बोर्डरमा दुई देश बिच युद्ध भड्किएको छ।पाकिस्तानमा अमेरिकी कठपुतली सरकार भएको परिस्थितिमा यो युद्धमा पछाडी पक्कै अमेरिकाको हात छ,उस्ले पाकिस्तानलाई उस्काएको छ।
३) अफगानिस्तान वा तालिवानले पाकिस्तानलाई बोर्डरमा धुलो चटाईदिएको खवर छ।पाकिस्तानी चौकी कब्जा भएका छन,सैनिकको हताहती बढेर गएको र तालिबानीहरुले पाकिस्तानी सेनाको ट्याङ्क,हतियार ,गोला-बारुद कब्जा गरेर लगेका छन।
४) अमेरिकी उक्साहटमा परेर पाकिस्तान युद्धमा गएको हो भने उसलाई ठूलो चोट दिनेछ तालिवानले ,यो निश्चित छ।
५) तालिवान कुन माटोले बनेको छ,मलाई थाहा छैन,तर यो समुदाय बिश्वका दुई महाशक्ति अमेरिका र तत्कालीन सोभियत रुस सँग युद्ध लडेको सुपर लडाँकु शक्ति हो। यसै बिच तालिवानले ईन्डिया सँग सम्बन्ध सुमधुर गरेको बिषयलाई पनि बिर्सन हुदैन।
६) पाकिस्तानले यो युद्ध जारी राख्यो भने उस्को निम्ति बहुत नराम्रो धक्का लाग्नेवाला छ। उस्ले तुरुन्तै अफगानिस्तान सँग सुलह गरेर चीन मार्फत ईन्डिया सँग पनि द्वन्द कम गर्नुपर्छ।अमेरिकी क्याम्प बाट बाहिर आउन सक्नुपर्छ ,यसैमा पाकिस्तानको भलो छ।अर्कोतिर अफगानिस्तानले पाकिस्तानलाई लपेटदा इन्डियालाई मज्जा आएको छ।
७) के अमेरिकी चक्रब्युह बाट पाकिस्तान बाहिर आउला ? गाह्रो छ,किनकि अहिले पाकिस्तानको प्रधानमन्त्री डोनाल्ड ट्रम्पको चाटुककार हो ,इमरान खानलाई पनि षड्यन्त्र गरेर हटाइएको थियो।अर्को कुरा चिनले पनि पाकिस्तानमा ठूलो लगानी गरेको छ, कतै चीन-अमेरिकाको पेलाई र कोपभाजनमा पाकिस्तान ध्वस्त नहोस् ।

महादीप पोख्रेल । 

अन्त्यमा मलाई कस्तो लाग्दैछ भने :- “पाकिस्तान र नेपाल दुबै मूर्ख,बदमास र हल्लाखोरहरुको देश हुदैछ।”

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x