२९ आश्विन २०८३, बिहीबार

अमेरिकी सेनाको आक्रमणमा ईस्लामिक स्टेट आईएसएसकेका संगठनका एक आतंककारीको मृत्यु

एसीपी संवाददाता

१२ भाद्र २०७८, शनिबार ०४:५७ मा प्रकाशित

अमेरिकी सेनाले अफगानिस्तानमा रहेको इस्लामीक स्टेट समूहविरुद्ध हवाई आक्रमण गरेको जनाएको छ।

चिनले आफ्नो प्यारो छिमेकी पाकिस्तानलाई गर्‍यो नाका बन्द , ब्यापारी मर्कामा

अधिकारीहरूले काबुल विमानस्थलमा १७० जनाको ज्यान लिने गरी गरिएको हमलाको योजनाकारलाई निशाना बनाइएको जनाएका छन्।

https://acpnewsnepal.com/?p=25593 अमेरिकाले नाङ्घहार प्रान्तमा गरिएको सो हमलामा एउटा ड्रोनको प्रयोग गरिएको र त्यसले इस्लामीक स्टेटका सदस्यलाई मारेको उल्लेख गरेको छ।

चिनले आफ्नो प्यारो छिमेकी पाकिस्तानलाई गर्‍यो नाका बन्द , ब्यापारी मर्कामा

काबुलमा रहेका अमेरिकी अधिकारीहरूले थप आक्रमणहरूलाई ध्यान दिँदै विमानस्थलको प्रमुख क्षेत्रहरूभन्दा परै बस्न नयाँ चेतावनी जारी गरेका छन्।

वरिष्ठ तालिबान अधिकारीहरूले उनीहरूले काबुल विमानस्थलको मुख्य भाग नियन्त्रणमा लिएको र अमेरिकीहरू जाने बित्तिकै सम्पूर्ण विमानस्थल कब्जामा लिने बताएका छन्।

अमेरिकाले अन्तिम समयसम्म अफगानहरूको उद्धार जारी राख्ने र विमानस्थल अझै पनि आफ्ना फौजको नियन्त्रणमा रहेको बताइरहेको छ।

काबुल विमानस्थल

अमेरिकाले ‘प्रारम्भिक सङ्केतहरूले’ इस्लामीक स्टेटका सदस्य मारिएको र कुनै पनि गैरसैनिक हताहत नभएको बताएको छ।

शुक्रवार अमेरिकी राष्ट्रपति जो बाइडनले बिहीवारको आत्मघाती आक्रमणमा संलग्न जिहादीलाई अमेरिकाले नछाड्ने बताएका थिए।

इस्लामीक स्टेट खोरसान अर्थात आइएस-के भन्ने समूहले उक्त आक्रमणको जिम्मेवारी लिएको थियो।

इस्लामीक स्टेट समूहको एउटा तल्लो सङ्गठनका रूपमा रहेको उक्त समूह अफगानिस्तानको सबैभन्दा उग्र र हिंसात्मक जिहादी लडाकु समूह हो।

सो समूहले काबुल विमानस्थल बाहिर रहेको महिला, पुरुष र बालबालिकाको भिडमा आत्मघाती विस्फोटन गराएको थियो।

देश छाड्ने प्रयासमा रहेका दर्जनौँ अफगान नागरिक मारिएका थिए। अमेरिकी फौजबाहेक दुई ब्रिटिस नागरिक र ब्रिटिस नागरिकका एक सन्तान पनि आक्रमणमा मारिएका थिए।

देश छाड्न आतुर अफगान नागरिकको बर्हिगर्मन प्रक्रियामा सघाउन अझै पनि करिब ५,००० अमेरिकी फौज काबुल विमानस्थलमा खटिएका छन्।

बिहीवारको हमलापछि यो अफगानिस्तानमा गरिएको पहिलो ड्रोन हमला भएको जनाइएको छ। बिबिसी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x