२० श्रावण २०८३, बुधबार

अलपत्र परेको एयरपोर्टको काम , चिनियाँ बिदेश मन्त्रीलाई उदघाटन गर्ने हतारो

एसीपी संवाददाता

१२ चैत्र २०७८, शनिबार ०७:३७ मा प्रकाशित

काठमाडौँ। निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम ९३ प्रतिशत मात्र सकिएको छ। अझै ७ प्रतिशत काम बाँकी छ। तर, निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनीले भने काम बाँकी हुँदै पूर्वाधार हस्तान्तरण गर्ने तयारी गरिएको छ। यो हतारोलाई केपी ओलीले गरेको धरहरा उद्घाटनसँग जोडेर समेत हेरिएको छ।

चिनियाँ विदेश मन्त्री वाङ यी नेपाल भ्रमणमा आएका बेला निर्माण पूरा नभएकै अवस्था हस्तान्तरणको तयारी थालिएको हो। रनवेदेखि ट्याक्सी वे, टर्मिनल भवन सहित अधिकांश संरचना निर्माण भैसकेको छ। गएको जुलाई १० मै काम सकेर हस्तान्तरण गर्ने भनिएको चिनियाँ कम्पनीले कोरोना कारण देखाउँदै निर्माणमा ढिलाइ गरेको थियो।

आयोजना प्रमुख विनेश मुनकर्मीका अनुसार शनिवार उद्घाटन गर्ने कुरा फाइनल हो। तर त्यसको मोडालिटी बारे औपचारिक जानकारी नभएको उनले बताए। उनले भने, ‘पूर्वाधार हस्तान्तरणबारे केन्द्रमा छलफल भएको होला। यहाँ केही खबर छैन।’ बनिसकेका पूर्वाधार हस्तान्तरण गर्दा खासै असर नपर्ने उनले सुनाए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x