आईएसको आतंककारी गतिविधि तिब्र २९ जनाको हत्या
एजेन्सी = डरलाग्दो आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस)ले फेरि आफ्नो आतंककारी गतिविधि तिब्र पारेको छ । आइएस आतङ्ककारीले इराकदेखि सिरियासम्म एकै दिन २९ जनाको हत्या गरेका छन् । आइएसका बन्दुकधारीहरूले बिहीबार बगदादको उत्तरी पहाडी क्षेत्रमा रहेको सेनाको ब्यारेकमा आक्रमण गर्दा ११ सैनिकको मृत्यु भएको थियो। इराकी सुरक्षा अधिकारीहरूले भने कि आक्रमण दियाला प्रान्तको बाकुबाको उत्तरमा रहेको अल-अजिम जिल्लामा भएको थियो।
एसोसिएटेड प्रेससँग कुरा गर्दै दुई अधिकारीहरूले भने कि इस्लामिक स्टेट समूहका लडाकूहरूले स्थानीय समय अनुसार बिहान करिब ३ बजे ब्यारेकमा प्रवेश गरे र सैनिकहरूलाई गोली हानेर मारे। विगतमा पनि आईएस आतङ्ककारीहरूले इराकी सेनालाई निशाना बनाउँदै आएका छन् । राजधानी बग्दादको उत्तरी क्षेत्रमा भएको आक्रमण पछिल्ला महिनाहरूमा भएको सबैभन्दा ठूलो आक्रमण हो।


