१३ मंसिर २०८३, शनिबार

इजरायलले पनि ३९ प्यालेस्टाइनी बन्दी रिहा गर्‍यो

एसीपी संवाददाता

९ मंसिर २०८०, शनिबार ११:५७ मा प्रकाशित

उनीहरुलाई इजरायलको कब्जामा रहेको वेस्ट बैंकको बेतुनिया चेकपोस्ट नजिक रिहा गरिएको थियो। कतारको मध्यस्थतामा कैदीहरुलाई रिहा गरिएको हो ।

इजरायल र हमासबीचको द्वन्द्वमा अहिले चार दिनको युद्धविराम भएको छ । रिहा भएका कैदीहरूमाथि ढुङ्गा हान्नेदेखि हत्या प्रयाससम्मका अभियोगहरू छन्। ती मध्ये केही दोषी ठहर भइसकेका छन् भने केही मुद्दा चलिरहेका छन् ।

हमासले पनि हालसम्म २४५ बन्धकहरूलाई रिहा गरेको छ। यी बन्धकहरूलाई राहत कार्यमा संलग्न रेडक्रसलाई सुम्पिएको थियो र इजिप्टसँगको गाजाको सिमानामा लगिएको थियो। बीबीसी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x