इरानमा नयाँ सर्वोच्च नेता (Supreme Leader) को घोषणा
इरानमा नयाँ सर्वोच्च नेता (Supreme Leader) घोषणा गरिएको छ। इरानको धार्मिक निकाय Assembly of Experts ले Ayatollah Seyyed Mojtaba Khamenei लाई इस्लामिक गणतन्त्र इरानको नयाँ सर्वोच्च नेता नियुक्त गरेको आधिकारिक रूपमा घोषणा गरेको छ।
यो निर्णय Ayatollah Ali Khamenei को मृत्यु पछि गरिएको हो। उनी इरानका दोस्रो सर्वोच्च नेता थिए र करिब ३७ वर्षसम्म देशको नेतृत्व गरेका थिए।
नवनियुक्त नेता मोज्तबा खामेनी पूर्व सर्वोच्च नेता अली खामेनीका छोरा हुन् र लामो समयदेखि इरानको सत्ता संरचनाभित्र प्रभावशाली व्यक्तिका रूपमा चिनिन्थे।
इरानका ८८ जना धार्मिक विद्वानहरू रहेको Assembly of Experts ले विशेष बैठक गरी बहुमत मतबाट उनलाई इरानको तेस्रो सर्वोच्च नेता का रूपमा चयन गरेको जनाएको छ।
नयाँ नेतृत्वसँगै मध्यपूर्वमा चलिरहेको तनाव र युद्धको अवस्थाले विश्व राजनीतिमा थप प्रभाव पार्ने विश्लेषण गरिएको छ।


