१२ भाद्र २०८३, शुक्रबार

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ भारत तिर

एसीपी संवाददाता

१२ कार्तिक २०८२, मंगलवार ०२:२२ मा प्रकाशित

काठमाडाैं ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ सोमबार अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए)को आठौं सभामा भाग लिन दिल्ली प्रस्थान गरेका छन्।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाजबाट सोमबार अपराह्न उनी भारतको नयाँ दिल्ली प्रस्थान गरेका हुन्। ४० भन्दा बढी देशका मन्त्री सहभागी हुने सभा नयाँ दिल्लीमा १०-१३ कात्तिकसम्ममा हुनेछ।

आइएसएमा आबद्ध सदस्य राष्ट्रका ऊर्जा मन्त्रीहरू र प्रतिनिधिहरूबीच सौर्य ऊर्जा प्रवर्द्धन, दीगो ऊर्जा आपूर्ति विस्तार, जलवायु परिवर्तन न्यूनीकरणका पहल तथा सहकार्यका अवसर लगायत विषयमा उच्चस्तरीय छलफल हुने सभामा मन्त्री घिसिङले नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ।

नेपालले दीगो ऊर्जा विकासका लागि सौर्य ऊर्जा उपयोग विस्तार गर्न प्रतिबद्ध रहेको र अन्तर्राष्ट्रिय सहकार्यमार्फत स्वच्छ ऊर्जाको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले यस कार्यक्रममा सहभागिता जनाएको हो। मन्त्री घिसिङले बृहत् स्तरको स्वच्छ ऊर्जा रूपान्तरणका लागि क्षेत्रीय तथा विश्व अन्तरआवद्धताको परिकल्पनाबारे सभाको विषयगत सत्रमा सम्बोधन गर्नेछन्।

महासभामा सहभागी मन्त्री घिसिङ बुधबार स्वदेश फर्कने कार्यक्रम छ। ईमेज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x