१३ मंसिर २०८३, शनिबार

एमसीसी विरुद्ध नेपालगन्जमा बिरोध प्रदर्शन

एसीपी संवाददाता

१६ पुष २०७८, शुक्रबार १५:०० मा प्रकाशित

एमसिसी सम्झौता राष्ट्रघाती भएको निष्कर्षमा पुगेको नेपाल मजदुर किसान पार्टीले नेपालगन्जमा पनि प्रदर्शन गरेको छ । एमसिसी सम्झौता राष्ट्रघाती भएकोले कुनै पनि हालतमा स्विकार्न नसक्ने भन्दै नेमकिपा, बाँकेले नेपालगन्जमा प्रदर्शन गरेको नेता डिल्लीबहादुर पुनले जानकारी दिए ।
नेपालगन्जको त्रिबेणी मोडबाट सुरु भएको विरोध र्याली सदरलाइन, त्रिभुवन चोक हुँदै जिल्ला प्रशासन कार्यालय अगाडी आएर खवरदारी सभामा परिणत भएको थियो । खबरदारी सभामा बोल्ने नेताहरुले एमसिसी देशको हितमा नभएकोले सो सम्झौता संसदमा पेससमेत नगर्न सरकार र सांसदहरूलाई दबाब दिए ।
शुक्रबार नेपालगन्ज लगायत देशका मुख्य सहरमा नेमकिपाले सो सम्झौता संसदमा पेस नगर्न दबाब दिँदै खबरदारी सभा गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x