३ असार २०८३, बुधबार

कांग्रेस मधेश प्रदेशको सम्‍मेलन पुस ५ र ६ गते हुने

एसीपी संवाददाता

१४ मंसिर २०८०, बिहीबार ०८:४७ मा प्रकाशित

 जनकपुरधाम । नेपाली कांग्रेस मधेश सम्‍मेलन पुस ५ र ६ गते हुने भएको छ ।

काँग्रेस मधेश प्रदेशको पार्टी कार्यालयमा मंगलबार बसेको कांग्रेस मधेश प्रदेश कार्य समितिको पूर्ण बैठकले आगामी पुस ५ र ६ गते सम्‍मेलन गर्ने निर्णय गरेको हो ।

बैठकले धनुषाधामस्थित महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा गर्ने र त्‍यसको प्रमुख अतिथिमा पार्टी सभापति एवं पूवं प्रधानमन्त्री शेरबहादुर देउवालाई आमन्त्रण गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले मधेश प्रदेश सम्‍मेलनलाई भव्यताका साथ सम्पन्न गराउन र सफल बनाउन आवश्यक अनुसारको उपसमितिहरु कार्यसम्पादन समिति गठन गर्ने निर्णय गरेको छ ।

यसैगरी मधेश प्रदेश सम्मेलनमा राजनितिक साँगठनिक–आर्थिक एवं महामन्त्रीको प्रतिवेदन तयार गर्न मस्यौदा तयारी उपसमितिहरु गठन गरिने भएको छ ।

वडा तहदेखि जिल्लासम्म सम्मेलन गर्न बाम्की रहेको तहहरुलाई सम्मेलन सम्पन्न गर्न र प्रदेश अधिवेशन प्रतिनिधि छनोट गरी जानकारी गराउन परिपत्र गर्ने निर्णय गरिएको नेपाल काँग्रेस मधेश प्रदेश सुचना संचार तथा प्रचार प्रसार विभागको प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिए ।

अनलाइनखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x