१७ जेष्ठ २०८३, आईतवार

काङ्ग्रेस सभापति गगनले दिए राजीनामा

एसीपी संवाददाता

५ चैत्र २०८२, बिहीबार ०९:०१ मा प्रकाशित

काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पदबाट राजीनामा दिनुभएको छ ।

गत फागुन २१ गते सम्पन्न भएकाे प्रतिनिधिसभा सदस्य निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि सभापति थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिनुभएको हो । पार्टीकाे केन्द्रीय कार्यसमिति बैठकको मिति तय भए लगत्तै सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाउनुभएको छ । तर, उहाँको राजीनामा पार्टीले सार्वजनिक नगरेपनि कांग्रेस उच्च स्रोतले पुष्टि गरेको छ । स्रोतका अनुसार सभापति थापाले शर्मालाई राजीनामा बुझाए पनि केन्द्रीय समितिले त्यसलाई अस्वीकार गर्ने तयारीमा छ ।

गत पुस २७ देखि ३० गतेसम्म भृकुटीमण्डपमा भएको कांग्रेस विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो । त्यसको वैधानिकतालाई लिएर तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिट सर्वोच्चमा अहिले पनि विचाराधीन अवस्थामा रहेकाे छ । तर विशेष महाधिवेशनको आयोजनामाथि नै असहमत नेताहरू नै नवनिर्वाचित सभापति थापाकै हस्ताक्षरमा निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए । इमेजखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x