किसानको लागि आन्दोलनमा ओर्लिदै जनमत पार्टी – शेख
रिसभ सिंह – जनमत पार्टीले देश गर्न भनेको आन्दोलनमा नेपालगन्जमा मुख्यवक्ताको रूपमा केन्द्रिय सदस्य ईरफान रहने भएका छ्न । तराईको प्रत्येक जिल्लामा पुस ३० गते मधेसका सबै जिल्लाको सदरमुकाममा किसान महारैलीको घोषणा गरेको हो । किसानको विभिन्न मुद्दा बोकेर राजमार्ग केन्द्रीत आन्दोलन गरिरहेका जनमत पार्टीले आफ्नो शक्ति प्रदर्शन गर्न किसान महारैली गर्न लागेको श्रोतको दावि रहेको छ । साथै किसानहरुको लागि मल , सहज उपलब्ध गराउन , बाढीले समस्यामा किसानलाई उचित मुअवाज दिनु पर्ने माङ गर्दै आएको छ । यता पशुपन्छी तथा कृषि मन्त्री महेन्द्र राय यादवले जनतालाई मल उपलब्ध गराउन नसक्ने बताए पछि जनमत पार्टीले कृषि मन्त्री यादवले नैतिकताको आधारमा राजीनामा दिनु पर्ने माङ गर्दै आएको छ ।
किसानलाई मलखाद समयमा सहज रुपले दिनुपर्ने, सिँचाई वा विजुली निःशुल्क गर्नुपर्ने, किसानलाई पेन्सन दिनुपर्ने, उखु किसानको बक्यौता रकम तत्कालै उपलब्ध गराउनुपर्ने लगायतका ११ बुँदे माग राखेर जनमत पार्टी आन्दोलनरत रहेको छ । प्रहरीले आन्दोलनकारीमाथि बल प्रयोग नै गरे । तरपनि जनमत पार्टी किसानको मुद्दा सम्बोधन नगरेसम्म संघर्ष जारी राख्ने केन्द्रिय सदस्य मो ईरफान शेख बताए ।


