२९ आश्विन २०८३, बिहीबार

चिनलाई कडा जवाफ , विवादित दक्षिण चीन सागरमा ताइवानले पठायो पनडुब्बी

एसीपी संवाददाता

२५ कार्तिक २०७८, बिहीबार ०९:२२ मा प्रकाशित

विवादित दक्षिण चीन सागरमा ताइवानले पठायो पनडुब्बी
२५ गते कात्तिक २०७८ ताइपेई ः ताइवानले विवादित दक्षिण चीन सागरमा पनडुब्बी पठाएको छ। बढ्दो चीनको धम्कीकाबीच सैन्य अभ्यासमा भाग लिन ताइवानले विवादित दक्षिण चीन सागरमा पनडुब्बी पठाएको हो।

ताइवानको रक्षा मन्त्रालयले मंगलबार विज्ञप्ती जारी गर्दै नियमित सैन्य अभ्यासमा भाग लिन कोस्ट गार्ड एडमिनिस्ट्रेसनले सो क्षेत्रमा ‘हाइ लुङ’ नामक पनडुब्बी पठाएको बताएको छ।

चीन र ताइवानबिच बढ्दो तनावका बाबजुद ताइवानले विवादित क्षेत्रमा पनडुब्बी पठाउँदा खतरा झनै बढ्न सक्ने चेतावनी विज्ञहरुले दिएका छन्। चीनले ताइवानमाथि थप नियन्त्रण गर्न सक्ने चेतावनी समेत विज्ञहरुले दिएका छन्।

ताइवानको नौसेनाले सन् १९८० मा नेदरल्याण्डमा बनेका दुईवटा पनडुब्बी सञ्चालन गर्दै आएको छ। ताइवानले स्वदेशी पनडुब्बी निर्माण गर्ने प्रक्रिया अघि बढाएको बताइएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x