चिनियाँ खोप नेपालमा दर्ता र अनुमति पालना नै नगरी ल्याउने तयारी
नेपाललाई कोरोना महामारीविरुद्ध भारतले १० लाख डोज खोप अनुदानमा उपलब्ध गराएपछि चीन सशंकित भएको छ ।
भारतले जनवरी १६ मा देशव्यापीरुपमा कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको एक सातामा नै नेपाललाई ‘कोभिशिल्ड’ १० लाख डोज खोप अनुदानमा उपलब्ध गराएको थियो ।
नेपालमा गत बुधबारदेखि देशव्यापीरुपमा कोरोनाविरुद्धको खोप अभियान सुरु भइसकेको छ । यही अवस्थामा चीनले पनि कोरोनाविरुद्धको खोप नेपाल पठाउने हतारो गरेको छ ।
कोरोना उत्पत्ति बारेमा अनुसन्धान गरी रहेको डब्लुएचओको टोलीमाथि चिनियाँ अधिकारीद्धारा निकै गम्भीर दृष्टिकोण
कम्यूनिष्ट मिलाउन कसरत गर्ने चीनबाट जम्मा ३ लाख कोरोना बिरुद्धको खोप दिने घोषणा
भारतले नेपाललाई खोप दिनुअघि नेपालमा कोभिशिल्ड खोप लगाउन अनुमति दिइएको थियो । नेपालको खोप नियामक निकायले खोप लगाउन उपयुुक्त छ कि छैन भन्ने यकिन गरिसकेपछि अनुमति दिने अथवा नदिने निर्क्योल गर्दछ ।
तर, चिनियाँ खोप भने नेपालमा दर्ता र अनुमति प्रक्रियाको पालना नै नगरी ल्याउने तयारी भइरहेको छ । सामान्यतया नेपालमा एक उत्पादकको सामग्रीमात्रै ल्याउनका लागि अनुमति दिने गरिन्छ ।
औषधि व्यवस्थापन विभागले सिनोफार्म कोङकिङ मेडिकल डिभाइस कम्पनी लिमिटेडले उत्पादन गरेको कोभिडविरुद्धो खोप आयातका लागि कुनै एक कम्पनी अनमुति दिन्छ । तर, पी एन्ड जी होल्डिङ प्राइभेट लिमिटेड अथवा हसपिटी इन्टरप्राइजेज प्राइभेट लिमिटेडमध्ये खोप आयातका लागि कुनै आधिकारिक कम्पनी हो भन्ने दुविधा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यद्पि दुईमध्ये कुनै पनि कम्पनीले नेपालको दर्ता प्रक्रिया अनुसार कागजात उपलब्ध गराएको छैन । परराष्ट्र मन्त्रालयले आवश्यक कागजातहरु उपलब्ध गराउन पत्राचार गरिसकेको छ ।
भारतले पठाउने खोपसँग तुलना गर्दा चिनियाँ खोप निकै महँगो पर्न जान्छ । पी एन्ड जी होल्डिङ्सले जारी गरेको एक पत्र अनुसार सिनोफार्मले उत्पादन गरेको सिनोभ्याक खोपको बजार मूल्य दुई डोजको १४८ डलर पर्न जाने भए पनि नेपालमा यसलाई प्रति डोज ६० डलरमा उपलब्ध गराउन सकिने जनाएको छ । अनुदानसहितको मूल्य लगाएर प्रति डोज ४५ डलरसम्म उपलब्ध गराउन सकिने पी एन्ड जी होल्डिङ्सले जनाएको छ ।
हाल मुलुकमा ४० मिलियन डोज खोप आयात गर्न सकिने कम्पनीले जनाएको छ । यसरी अनधिकृतरुपमा ल्याउन लागिएको खोपले ठूलो क्षति पुर्याउनसक्ने भन्दै सरकोरवालाहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । खबरहबबाट




[…] https://acpnewsnepal.com/?p=14774#.YBkB4zEzbIU […]