१६ बैशाख २०८३, बुधबार

चिनियाँ विस्तारवाद र जिहाद अतिवाद विरुद्धको अभियानको सक्रियता

एसीपी संवाददाता

२६ मंसिर २०८०, मंगलवार ११:०२ मा प्रकाशित

तराई मधेशका जिल्लाहरुमा राष्ट्रिय एकता अभियानले उठाएको चिनियाँ विस्तारवाद र जिहाद अतिवाद विरुद्धको अभियान प्रति सक्रियता बढ्दै गएको छ ।
चिनियाँ विस्तारवाद र जिहादी अतिवादको विरुद्ध अभियान चलाउँदै संघीय हिन्दु गणतान्त्रिक देश स्थापनाका लागि कार्य गर्दै आएको “राष्ट्रिय एकता अभियान” ले पूर्व जिल्ला विकास समिति सर्लाहीका सभापति तेजनारायण यादवको अध्यक्षतामा “राष्ट्रिय एकता अभियान, सर्लाही” को जिल्ला तदर्थ समिती गठन गरिएको हो ।
अभियानका संरक्षक पूर्व मंत्री रामचंद्र राय, केंद्रीय अध्यक्ष विनय यादव रÞ केंद्रीय सदस्य जीतेन्द्र दास लगायतका अभियन्ताहरुको विशेष उपस्थितिमा भएको भेलाले ११ सदस्यीय जिल्ला तदर्थ समितिको सचिवमा चन्दन सिंह, कोषाध्यक्षमा भगवान मिश्रलाई चयन गरिएको छ भने सदस्यमा सुरेश महतो सूडी, वीरेन्द्र यादव, राजगीर महतो, लालबाबु राय, रामवीर राय रहेका छन् ।
कार्यक्रममा सहभागी भएकाहरु मध्ये अभिव्यक्ति दिएका वक्ताहरुले वर्तमानमा शासन सत्तामा रहेकाहरुको कर्तुतको कारण नेपाल आमाका सपुतहरुको संघर्ष र बलिदानले ल्याइएको संघीयता र गणतन्त्र बदनाम भइरहेकोले परिवर्तनकारी शक्तिहरू बेलामै सचेत भई अधिकांश नेपालीहरुको चाहना अनुसार नेपाललाई “संघीय हिन्दु गणतन्त्र नेपाल” घोषणामा विलम्ब गर्न नहुने बताएका थिए ।
संघीयता र गणतन्त्र प्रणालीलाई सुदृढ बनाउँदै राष्ट्रलाई बलियो बनाउन आम नागरिकलाई “राष्ट्रिय एकता अभियान” मा गोलवन्द हुन समेत राष्ट्रिय एकता अभियानको अध्यक्ष विनयकुमार यादवले आग्रह गरे ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x