काठमाडौँ — चीनको हुनान प्रान्तस्थित एक पटाका उद्योगमा बिस्फोट हुँदा कम्तिमा २६ जनाको मृत्यु भएको छ । घटनामा ६१ जना घाइते भएको सरकारी सञ्चार माध्यमले जनाएका छ्न ।
दक्षिणी शहर लिउयाङस्थित हुवासेङ पटाका उद्योगमा आगलागीपछि प्रहरीले ३ किलोमिटर क्षेत्र आसपासका मानिसहरुलाई उद्धार गरेको छ ।
झन्डै १५ सयजनाको आपतकालीन उद्धार टोली सरकारले खटाएको छ । बिस्फोटले क्षति पुगेका स्थानको भग्नावशेषबाट सातजनालाई उद्धार गरिएको छ ।



