१३ असार २०८३, शनिबार

चीनमा कोरोना भाइरसको उत्पत्ति कसरी भयो भन्दै डब्लुएचओ टोलि बुहानको माछा बजारमा

एसीपी संवाददाता

१९ माघ २०७७, सोमबार ११:०६ मा प्रकाशित

वुहान — कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न खटिएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को टोलीले आइतबार वुहानको भ्रमण गरेको छ । 

सन् २०१९ को डिसेम्बरमा कोरोना भाइरसको संक्रमण हुबेई प्रान्तको वुहान सहरबाट फैलिएको मानिन्छ । टोलीका सदस्यहरूले हुआनानको माछामासु बजारको पनि भ्रमण गरेको जनाइएको छ । उक्त बजार करिब एक वर्षदेखि सिलबन्दीको अवस्थामा छ ।

समाचार संस्था एएफपीका अनुसार सुरक्षाकर्मीले डब्लूएचओको अनुसन्धान टोलीका सदस्यलाई मात्र बजारभित्र प्रवेश दिएका थिए । टोलीमाथि चिनियाँ अधिकारीहरूले कडा निगरानी गरेका छन् ।

जनावरबाट मानिसमा कोरोना भाइरस कसरी सर्‍यो भन्ने अनुसन्धान गर्न डब्लूएचओको टोली वुहान पुगेको हो । अनुसन्धानका लागि खासै चासो नदेखाएको चीन बढ्दो अन्तर्राष्ट्रिय दबाबपछि डब्लूएचओको टोलीलाई अनुसन्धानका लागि प्रवेश दिन बाध्य भएको हो ।

कोरोना उत्पत्ति बारेमा अनुसन्धान गरी रहेको डब्लुएचओको टोलीमाथि चिनियाँ अधिकारीद्धारा निकै गम्भीर दृष्टिकोण

चीनको बिजिंग सहरमा कोरोना भाइरसको महामारी फेरी फैलिने खतरा,स्र्पी्रग फेस्टेबल नमनाउन आग्रह

एएफपीका अनुसार भाइरसको स्रोत पहिचान गर्न निकै कठिन रहेको डब्लूएचओ टोलीको आकलन छ ।

वुहानबाटै फैलिएको भनिएको भाइरसका कारण विश्वभर २० लाख जनाभन्दा बढीको मृत्यु भइसकेको छ । चिनियाँ अखबार ग्लोबल टाइम्सले भाइरसको स्रोत वुहानको माछा बजार नभएको दाबी गर्दै खबर प्रकाशन गरिरहेको छ ।

चिनियाँ अधिकारीहरूले कोरोना भाइरसलाई नियन्त्रणमा ल्याउन चीन सरकारले अपनाएको कदम र नागरिकले दिएको साथ अमूल्य रहेको बताउँदै आएका छन् ।

डब्ल्यूएचओको वैज्ञानिकको टोलीद्धारा चीनमा कोरोना भाइरसको उत्पत्तिको बारेमा ‘फिल्ड’जाँच सुरु

कोरोना भाइरसका कारण चीनमा ४ हजार ६ सय ३६ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । यद्यपि, उक्त तथ्यांकमाथि पश्चिमा देशहरूले आशंका व्यक्त गर्दै आएका छन् । कान्तिपुरबाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
1
0
Would love your thoughts, please comment.x
()
x