१७ असार २०८३, बुधबार

चीनमा कोरोना भाइरसबारे रिपोर्टिङ गर्दा पत्रकारलाई जेल सजाय

एसीपी संवाददाता

१९ मंसिर २०८०, मंगलवार ०९:२५ मा प्रकाशित

काठमाडौं । चीनमा कोरोना भाइरसबारे रिपोर्टिङ गर्दा पत्रकारलाई जेल सजाय भएको थियोे ।

कोरोना भाइरस महामारीको सङ्क्रमण पहिलो पटक वुहानमा नै देखिएको थियो । सोही कोरोना प्रकोपलाई लिएर वुहान शहरको बारेमा रिपोर्टिङ गर्ने एक चिनियाँ पत्रकारले पाँच वर्षको जेल सजाय भोगिरहेको भर्खरै सार्वजनिक भएको दस्तावेजले जनाएको हो ।

गएको मे महिनामा पक्राउ गरिएपछि ३७ वर्षीया झाङ्ग झानलाई नजरबन्दमा राखिएको बीबीसीमा उल्लेख छ । उनीमाथि ‘विवाद उठाउने र भड्काउने’ आरोप लगाइएको छ, यो आरोप प्रायः चीनका अभियानकर्तामाथि लगाइँदै आइएको छ ।

भाइरसलाई लिएर वुहानको रिर्पोटिङ गर्दा समस्यमा परेकी झाङ्ग पहिलो नागरिक होइनन् । फेब्रुअरीमा कम्तीमा तीन जना हराएका छन् । तीमध्ये एक, ली जेहुआ, जसलाई अप्रिलमा क्वरेण्टीनमा रहेको भनिएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x