१३ मंसिर २०८३, शनिबार
चीनमा पछिल्लो समय ‘मी टु’ आन्दोनलले चर्को रुप लिएपछि ?
बेइजिङः चीन सरकारले महिला अधिकार, लैङ्गिक विभेद् र यौन उत्पीडनसम्बन्धी कानुनलाई बलियो बनाउने भएको छ। सरकारले कार्यक्षेत्रमा हुने महिला हिंसा, लैङ्गिक विभेद, यौन उत्पीडनसम्बन्धी कानुनलाई बलियो बनाउने भएको हो।
चीनमा पछिल्लो समय ‘मी टु’ आन्दोनलले चर्को रुप लिएपछि सरकारले सोसम्बन्धी कानुनमा कडाइ गर्न लागेको हो। महिला र अन्य अधिकारकर्मीहरुले चीनमा कडा कानुन नहुँदा महिला र लैंगिक अल्पसंख्यकहरु कार्यक्षेत्रमा सधैं सहकर्मीबाट उत्पीडन र दमनमा पर्दै आएको बताउँदै आएका छन्।
चिनियाँ नितिनिर्माताहरुले सोमबार महिला अधिकार, लैङ्गिक विभेद् र यौन उत्पीडनको अन्त्यसम्बन्धी पहिलो मस्यौदा चीनको कानुन निर्माण निकायमा पेश गरेका थिए। सो मस्यौदामाथि हेरफेर भइरहेको र दशकौं अघि बनेको कानुनमा सरकारले थप कडाइ गर्ने संकेत देखाएको बताइएको छ।
Subscribe
Login
0 Comments


